उत्प्रेमलाई दुलेगौडाको पञ्चमुनिदेव उमाविमा सम्मान

पोखरा

तनहुँको दुलेगौडा स्थित पन्चमुनिदेव उच्च माविले विश्वकै कान्छा ड्रमर वालप्रतिभा उत्प्रेम जोजिजूलाई सम्मान गरेको छ । बिद्यालयले नव प्रबेसी बिद्यार्थीको स्वागत तथा अभिमुखिकरण कार्यक्रममा बुधबार सम्मान गरेको हो । कार्यक्रमका  शुक्लागण्डकी नगरपालीका दुलेगौडाका कार्यकारी अधिकृत हरेराम नागिलाले सम्मानपत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरेका हुन । संगीतको मार्फत देशको नाम विश्व सामु राख्न सफल भएको भन्दै तथा अन्य वालवालिकाहरुको प्रेरणाको श्रोत भएको भन्दै वालप्रतिभा जोजिजूलाई सम्मान गरीएको बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष दलबहदुर पुनले बताए ।


सांगीतीक कार्यक्रमको शुरुवातमा उत्प्रेम जोजिजूले राष्ट्रिय गानमा ड्रम सेट बजाए भने जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुलका ब्याबस्थापक सानु जोजिजूले भ्वाईलीन बजाईन । म्युजिक स्कुलका प्रबन्ध निर्देशक एवं गायक विनित जोजिजूले जतिमाया लाए पनि जति कसम खाए पनि, रातो र चन्द्र सुर्य, भूकम्प सम्बन्धि सचेतना जगाउने गितहरु समेत प्रस्तुतः गरेका थिए । अन्य प्रस्तुतीमा हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे), लोकगायक शंकर पन्त, बिद्यालयका बिद्यार्थी सोनि परियार, रुपा श्रेष्ठ, म्युजिक स्कुलका प्रशिक्षार्थी कलाकार मानव परियार, सागर सुनार, सरोज साई, अज्जु गुरुङले गित संगीत प्रस्तुतः गरेका थिए ।

 

बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष दलबहदुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्राचार्य विमल जोजिजू, प्लस टुका संयोजक लक्ष्मण पुरी, एकनारायण भण्डारी, टुकादेवि आचार्य लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए

Comments are closed.