उद्धारका लागि अाएकाे अमेरिकी सेनाको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं, वैशाख २९ – उद्धारकालागी दोलखातर्फ उडेको अमेरिकी सेनाको मरिन हेलिकप्टर यूएच वान वाई होय हेलिकप्टर मंगलबार दिउसोदेखी सम्र्पकविहीन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, भीई जिरो वान कल साइन भएको यो हेलिकप्टर बिहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट उडेको थियो भने ११ बजेर ३७ मिनेटमा काठमाडौं फर्किएको थियो ।

तर पछी कति बजे पुन: उड्यो भन्ने बारे विमानस्थललाई नै थाह छैन । विमानस्थल उच्च स्रोतका अनुसार, दिउसो २ बजे यसले चरिकोटबाट ‘सरकिट’ रिपोर्ट गरेको थियो । त्यसपछी यो विमान सम्र्पकमा आएको छैन ।

‘भूकम्प गएपछी यो विमान कतै उड्यो त्यतीबेला हामी रनवे बन्द गरेर टावर खाली गरी त्रासले मैदानमा ओर्लिएका थियौं,’ स्रोतले भने, ‘त्यसबेला यो उडेको हुनुपर्छ । हामी त्यतीेबेला टावरमा थिएनौं ।’

कामु महाप्रवन्धक वीरेन्द्र प्रसाद श्रेष्ठका अनुसार, १२ बजेर ५० मिनेटमा भूकम्प आएपछी रनवे बन्द गरिएको थियो र २ बजेर ५५ मिनेटमा खुला गरिएको थियो । यसबेला थुपै हेलिकप्टर उद्धारकालागी उडेका थिए ।

विमास्थलले यो विमान दोलखाको सिगुटे आसपास कुनै प्राविधिक गडबडीले रोकिएको अनुमान गरेको छ । तर पुष्टी गर्ने आधार छैन । ‘यस्लाई खोज्न अर्को अमेरिकी हेलिकप्टर पनि गयो तर भेटेन,’ स्रोतले भन्यो, ‘सिगुटे भन्ने ठाउँमा हुन सक्ने अस्पष्ट खबर पाएका छौं तर फोन नै लाग्दैन । प्रहरी पनि परिचालन भैरहेका छन् ।’

यसैबिच नेपाली सेनाले सैनिक हेलिकप्टरको संयोजन गर्ने भएकाले यसबारे जानकारी नै नआएको श्रेष्ठले बताए । हेलिकप्टरले उडेको जानकारी दिन्छन, तर यो जहाज कता छ सेनाले हामीलाई भनेको छैन,’ कामु महाप्रवन्धक श्रेष्ठले भने ।

नेपाली सेनाका प्रवक्ता जनदीशचन्द्र पोखरेलले अमेरिकी सेनाको हेलिकप्टर दिउँसो ३ बजेर २५ मिनेटदेखि सम्पर्कविहीन भएको पुष्टि गरे ।

अमेरिकी मरिन सैनिकहरुले प्रयोग गर्ने यो जहाज एयरफोर्सको सी १७ कार्गो विमानबाट ल्याइएको थियो । अमेरिकी सेनाको ३६ औं कार्गोमा आएको यो हेलिकप्टर जापानबाट ल्याइएको हो । यस्ता तीन वटा ल्याइएका थिए । भने लडाकु ओस्प्रे चार वटा सहित सात वटा विमान नेपालमा परिचालित थिए ।

Comments are closed.