उद्धार र राहतका लागि सरकार संबेदनशिल छ : मन्त्री चुमान

पोखरा हटलाईन
पोखरा, असार २६
गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि गण्डकी प्रदेश आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले एक बिज्ञप्ती प्रकट गरि सचेत र सजग रहन सबै प्रदेश बासीलाई आग्रह गर्नुभएको छ ।मन्त्री चुमानले प्रदेशभित्रका बिभिन्न जिल्लामा पहिरो र बाढीबाट ज्यान गुमाएकाहरु प्रति पनि श्रद्धान्जली तथा परिवारमा समबेदना प्रकट गर्नुभएको हो । विपद ब्यबस्थापनका लागि सरकारले आबस्यक गृहकार्य गरिरहेको र जोखिम न्युनिकरणका प्रयास भैरहेको भएपनि अचानक हुने यस्ता घटनाले थप सजगता अपनाउन आबस्यक रहेको जारी बिज्ञप्तीमा उल्लेख छ । पछिल्लो जानकारी अनुसार गण्डकी प्रदेशका लमजुङ्ग,कास्की म्याग्दी जिल्ला लगायत गरि ११ जनाको ज्यान गएको १६ जनाको सकुशल उद्धार गरिएको छ भने १० घर पुर्ण क्षेति भएको र ३ घर आंशिक क्षेति भएको बताइएको छ । कतियपय मानिसहरु अहिलेपनि बाढी र पहिरोमा हराईरहेका छन । केही बिकासका संरचनाहरु पनि काम नलाग्ने गरि भत्कीएका छन । यो अबस्थामा उद्धारमा खटिएका सुरक्षाकर्मि, स्वास्थ्यकर्मि तथा स्थानिय जनसमुदायहरुमा पनि मन्त्रालयको तर्फबाट धन्यबाद दिइएको छ । समस्याग्रस्त क्षेत्रहरुमा बिपद ब्यबस्थापन समिति मार्फत खाद्यान्न, त्रिपाल तथा बन्दोबस्तीका सामानहरुको ब्यबस्था गरिएको पनि बताइएको छ ।
अबिरल बर्षाका कारण देशका बिभिन्न स्थानहरुमा जनधनको क्षति हुने क्रम रोकिएको छैन ।

Comments are closed.