पोखरा ०९ फागुन,
पोखरा महानगरपालिका वडा नं १६ गैरावारीमा रहेको उन्नति वचत समुहले संस्थापक अध्यक्ष सहित विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ।
समुहको आठौं साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष सहित मनदेवी गुरुङ, समुहको उन्नयन र विकासमा महत्वपूर्ण योगदान पुर्याउने समाजसेवी एवम् पोखरा महानगरपालिका वडा नं १९ का सचिव श्रीराम पौडेल, समाजसेवी खुशीमान गुरुङ, शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमन पौडेल , प्रध्यापक रामु रानालाई समुहका अध्यक्ष गुरुङले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गर्नुभयो। सो अवसरमा समुहका शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व श्रीराम पौडेलले महिला ससक्तीकरण र स सानो रकम बचत गरी आय आर्जनको क्षेत्रमा समुहले खेलेको भुमिका प्रशंसनिय रहेको बताउनुभयो। अर्का सम्मानित व्यक्तित्व खुशीमान गुरुङले उन्नति समुहले नाम अनुसार नै आफ्ना गतिविधिहरु सञ्चालन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। समुहका अध्यक्ष मनदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शिलादेवी पौडेलले समुहको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन कोषाध्यक्ष शिलादेवी पौडेलले गर्नुभएको थियो । त्यस क्षेत्रका महिला आवद्ध रहेकाे उक्त समुहले टोलभित्तका विकास निर्माणका कार्य सहित महिला शसक्तिकरणका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आईरहेको छ।
Comments are closed.