उन्नत लोकतन्त्र पार्टी कास्कीको निर्वाचन बिशेष कार्यक्रम

पोखरा,

उन्नत लोकतन्त्र पार्टी कास्की जिल्ला कमिटीको आयोजनामा स्थानीय निर्वाचन बिशेष कार्यक्रम सुरु भएको छ । शनिबार बिहान ८ बजे बाट पोखराको सिर्जना चोक बाट स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम सुरु भएको हो । पार्टीका सस्थापक केन्द्रीय अध्यक्ष स्वागत नेपालको बिशेष उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष स्वागत नेपालले आफुले जतततै सकारात्मक प्रतिकृया पाएकाले पनि आफु आसा बादी रहेको उल्लेख गरे ।

भ्रष्टाचार रहित राष्ट्र निर्माणका लागि “शान्ति को लागि सुशासन” पदयात्रा कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जना चोक बाट शुरु भइ पृथ्वीचोक पुगेर  कोणसभा गर्दै नव बर्ष २०७९ सालको शुभकामना आदानप्रदान को साथमा  तमसुक, घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न भएको पार्टीका जिल्लाप्रती निधिले बताए  ।कार्यक्रममा पार्टिका जिल्ला संयोजक तथा आगामी निर्वाचनमा पोखरा महानगरका प्रमुख पद का उमेदबार आशिस थापा ले नयाँ र युवा लाई बिश्वास गर्नु पर्ने बेला आएको ब ताउदै आफुलाई सहयोग गर्न नगरबासिलाई आग्रह समेत गरे ।

कार्यक्रममा कानुनका ज्ञाता अधिवक्ता,राष्ट्रवादी, यवम “उन्नत लोकतन्त्र पार्टीका सस्थापक केन्द्रीय अध्यक्ष स्वागत नेपाल सहित सस्थापक केन्द्रीय नेताहरु देखि  पोखराबासीहरुको उपस्थिती रहेको थियो ।

Comments are closed.