उपकार बचत तथा ऋण सहकारीको वार्षिककोत्सवमा रक्तदान तथा सहयोग कार्यक्रम

प्रकाश अधिकारी
पोखरा–७, कास्की
उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–६, लेकसाइडको १३ औँ वार्षिककोत्सवको अवसरमा आयोजनामा शुक्रबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ६ का सदस्य हरीकृष्ण पहारीको प्रमुख आतित्थता र सुर्यमान पहारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । रक्तदानको महत्वबारे संस्थाले खेल्न सक्ने भूमिकाबारे प्रकाश पार्दै संस्थाले गर्ने सामाजिक क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम गरिएको वडा सदस्य पहारीले जानकारी दिए ।
उक्त रक्तदान कार्यक्रममा ४२ यूनिट रगत संकलन भएको कुरा अध्यक्ष पहारीले जानकारी दिए । साथै संस्थाले श्री तालबाराही माध्यमिक विद्यालयका ११ जना छात्र तथा छात्राहरुलाई स्वीटर, कापी, कलम र किताब बोक्ने झोला समेत प्रदान ग¥यो भने प्रोजेक्ट नेपालका संयोजक विशाल थापालाई फेवाताल सरसफाई अभियानमा योगदान पु¥याएबापत दोसल्ला ओडाएर प्रशंसा पत्र सहित प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ । यसका साथै फेवाताल संरक्षण पहल प्रवासी नेपालका संयोजक शंकर कोइरालाको तर्फबाट यस संस्थाका अध्यक्ष धर्मराज पहारीलाई फेवाताल संरक्षण र सरसफाई अभियानमा योगदान पु¥याए वापत दोसल्ला ओडाई प्रशंसा पत्र र प्रोत्साहन स्वरुप नगद प्रदान गरिएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार फत्तबहादुर हिवस्कीले रक्तदान कार्यक्रमको महत्त्वबारे प्रकास पारेका थिए । कार्यक्रममा यस संस्थाकी उपाध्यक्ष दुर्गा पहारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको संचालन सह–सचिव कृष्ण घिमिरेले गरेका थिए ।

Comments are closed.