पोखरा २३ फाल्गुन,लक्ष्मी गिरी
म्याग्दी कुहु गाविस वडा नं.८ मा जन्म भई हाल पोखरा २९ हेमजा लामपाटा बस्ने ३८ वर्षिय स्तन क्यान्सर पिडित गुनमाया खुलाल क्षेत्रीको उपचारमा सहयोग गर्न अपिल गरेका छन् । पिडितका श्रीमान लेखनाथ खुलाल क्षेत्रीले उपचारमा सहयोग जुटाउन आग्रह गर्नुभएको हो । पिडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचारमा निकै कठिनाई भएकाले सहयोगका लागी अपिल गरिएको हो ।२ महिना पहिले स्तनमा गिर्खा देखिएर पुषको १ गते गण्डकी अस्पतालमा अपरेशन पश्चात अस्पतालले रिफर गरेर भरतपुर पठाएको र भरतपुर क्यान्सर अस्पतालमा पुःन अपरेशन गरि स्तन नै काटेर शल्यक्रिया गरेको पिडित गुनमायाले बताएकी छन् । २ छोरी १ छोराकी आमा गुनमायाले रुदैं भनिन् छरछिमेक आफन्त कहाँ सरसापट गरि अपरेशन त गरियो भरतपुर गई किमु गर्दा ६ महिना सम्म प्रत्येक ३ हप्तामा करिब ४० हजार खर्च लागिरहने भएकाले धेरै मुश्किल भयो , ज्यामी काम गरेर रिन तिर्नु कि खानु कि आफ्नो उपचार गर्नु सबैमिलेर आर्थिक सहयोग गदिएत केही बर्ष छोराछोरीको मुख हेर्न पाउंथे । उनले उपचारको क्रममा हालसम्म करिब २ लाख खर्च भैसकेको बताएकी छन् ।छोराछोरी क्रमश कक्षा ५,४ र १ मा अध्ययनरत छन् ।गरिब माथी नै दुःख माथी पिडा थोपरिने भन्दै उपचारमा सहयोग गर्न अपिल ्गरेका छन् उनका श्रीमान लेखनाथ खुलाल क्षेत्रीले ।उपचार खर्च जुटाउनकालागि सहयोग गर्न चाहनुहुनेले पिडित गुन मायाका श्रीमान् लेखनाथ खुलाल क्षेत्रीको नाममा रहेको फेवा बिकास बैंकको खाता नं ०२६८२२००१२५३८९०००००१ मा सहयोग गर्नसक्नुहुनेछ साथै मोबाईल नं. ९८१६६६८६२२ मा सम्पर्क गर्नसकिने छ ।
Comments are closed.