उपनिर्वाचनको तयारीका लागि पोखराका विधालयमा सार्वजनिक बिदा।

मंसिर ११
पोखरा

मंसिर १४ गते हुने कास्की २ को उपनिर्वाचनको लागि पोखरा महानगरपालिका भित्रका २९ विद्यालय भोलिदेखि शनिबार सम्म बन्द हुने भएका छन् ।
मतदानका लागि तयारी गर्नु पर्ने भएकाले मतदान नसकिंदासम्म मतदान केन्द्र तोकिएका विद्यालयमा सार्वजनिक बिदा दिइएको हो ।

निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वडाका २९ विद्यालयमा मतदान हुने भएकाले बिदा दिने निर्णय गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । मतदान केन्द्र तोकिएकाबाहेक अन्य विद्यालयमा नियमित पठनपाठन हुनेछन् ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ ।

यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् ।

Comments are closed.