उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालक समितिले पूर्णता पायो

आर्थिक वर्ष २०७९/८० का लागि २ करोड बजेट विनियोजन


पोखरा,

पोखरा महानगरपालिकाको उपप्रमुखसंग महिला कार्यक्रम सचालक समितिले पूर्णता भएको छ । पोखरा महानगरपालिकाको चौथो नगरसभाले समितिलाई पूर्णता दिएको हो । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा नौ सदस्यीय संचालक समिति रहने व्यवस्था कार्यविधिमा रहेको छ ।
समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप विकासका क्षेत्रमा काम गरेका दुई जना महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्यसचिव रहने ब्यवस्था कार्यविधिमा छ ।सोही व्यवस्था अनुसार हालै बसेको कार्यपालिका बैठकबाट समितिले पूर्णता पाएको हो ।
समितिको सदस्यहरुमा महानगरकार्यपालिका सदस्यहरु हरिमाया विश्वकर्मा, निर्मला पौडेल, मन्दिरा परियार, धनकुमारी पोखरेल, भिमकुमारी पून गर्वुजा हुनुुहुन्छ भने ब्यवासीयक महिलाहरुको तर्फबाट मुना बास्तोला र गोमा सुवेदी रहनुभएको छ । समितिको सदस्य सचिवमा सामाजिक विकास महाशाखा महिला अधिकृत विष्णुमाया पौडेल रहनुभएको छ ।
२०७४ सालमा सम्पन्न स्थानिय निर्वाचन लगत्तै उपप्रमुखमा निर्वाचित मञ्जुदेवी गुरुङले उपप्रमुखसंग महिला कार्यक्रमको योजना ल्याउनुभएको हो । गुरुङ गत बैशाख ३० गते सम्पन्न निर्वाचनबाट पनि उपप्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँ आएसंगै यो कार्यक्रमले निरन्तरता पाएको छ भने भएको छ ।
तस्विर पनि छ ।

Comments are closed.