काठमाण्डौ, माघ २७ गते
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका वारेमा राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गर्नुभएको छ ।
उपप्रधानमन्त्री महराले आज विहान करिव डेढ घण्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गर्नुभएको होे ।
छलफलमा गर्भनर र सचिवद्धयले मुलुकको पछिल्लो आर्थिक अवस्थाको वास्तविकताका वारेमा उपप्रधानमन्त्री महरालाइ ब्रिफिङ्ग गर्नुभएको थियो ।
Comments are closed.