पोखरा, ५ मंसिर
नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलसहित कांग्रेसका नेताहरू घरदैलो
अभियानमा जाँदा बाटो अवरुद्ध गरिएको छ । पोखरा–१६ बाट अर्मला जानेक्रममा
अर्मलाकोटमा बाटो अवरुद्ध गरिएको कांग्रेस नेता ऋषि काफ्लेले जानकारी दिए
।
उनका अनुसार बाटो खनेर ढुंगा थोपरिएको छ । नजिकै डोजर छ तर चालक छैनन् ।
यो कांग्रेस उम्मेदवारसहित नेताहरू आउने भन्ने चाल पाएर सुनियोजित रुपमै
बाटो अवरुद्ध गरिएको युवा नेता गोविन्द लामिछानेले बताए । गाडी गुडाउनै
नमिल्ने गरी बाटो अवरुद्ध भएपछि उम्मेदवार पौडेलसहितका नेताहरू हिंडेरै
अर्मला पुगेको बताइन्छ ।
Comments are closed.