ऋषी धमला खेलेकाे चलचित्र कस्ताे बन्ला ‘हाउ फन्नी’

rishi-dhamala-how-funny-300x157

चर्चित पत्रकार ऋषी धमला अब चलचित्रको पर्दामा देखिने भएका छन् । सुटिङ सकिएर सम्पादनमा रहेको चलचित्र ‘हाउ फन्नी’मा उनको अभिनय रहेको सार्वजनिक भएको छ । जानकारीमा आए अनुसार चलचित्रमा पत्रकारको भुमिका खेल्ने र त्यसमा पनि ऋषी धमलाको नै वास्तविक चरित्र आवश्यक भएकोले उनले आग्रह स्विकारेसँगै अतिथी कलाकारको रुपमा पर्दामा उतारिएको निर्देशक निलु डोल्मा शेर्पाले बताईन् ।

यसैबीच यो चलचित्रको रिलिज मिति तय भएको छ । निर्माण युनिटले दिएको जानकारी अनुसार यो चलचित्र अर्को बर्षको जेठ १५ मा दर्शकमाझ आउनेछ । पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्रमा केकी अधिकारी, अनुपबिक्रम शाही, प्रियंका कार्की, निशा अधिकारी, दयाहाङ राई लगायतको अभिनय छ ।

चलचित्रको कथा तथा संवाद शान बस्न्यातको हो । हरि हुमागाईंले खिचेको ‘हाउ फन्नी’मा आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी छ । चलचित्रमा संगीत शैलेश सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठले दिएका छन् ।

Comments are closed.