
प्रिय सेतो गुलाफ, ………………………. यो पत्रले तिमीलाई खुशी र स्वस्थ भेट्ने छ जुन म हमेशा तिमी हुनु र रहनु भन्ने चहान्छु । म चहान्छु कि बर्षा यामको यो शीतल हावाले तिमीलाई मिठो गरि स्पर्स गरोस र तिमीलाई शीतल एवं शान्त राखोस् ।
मैले मेरो जीवनमा यस्तो पत्र लेख्नु पर्ने समय आउला भनेर कहिल्यै कल्पना गरेको थिएन । मलाई थाहा छ कि यो पत्रले तिमीलाई केही असजिलो बनाऊला । तर पनि, म आशा गर्छु कि यसले तिमीलाई कुनै चोट पुर्याउने छैन । तिमीलाई चोट पुर्याउने कुरा म कल्पना पनि गर्न सक्दिन । “म कसैको अगाडी कम्जोर नबनूँ र “म मेरो जीवनको कठिन समयलाई सामना गर्न सक्ने एक योग्य र क्षेमतावान व्यक्ति बन्न सकूँ” भन्ने तिम्रोको ‘दिलको कुरा’ लाई मैले बुझेको छु ।
म पनि तिमीलाई यो विस्वास दिलाऊँ छु कि “म तिमीलाई निरास बनाऊने छैन”। “म एक योग्य र क्षेमतावान व्यक्ति बन्न सके सम्म कोशिस गर्ने छु । तर, म लाई यो थाहा छैन कि “समयको आवश्यकता अनुसार र मैले सोचे अनुसारको योग्य र क्षेमतावान व्यक्ति बन्न म सक्छु या सक्दिन” । तर असफल भएँ भने, “यो अनुहार तिमीलाई कहिल्यै देखाउने छैन ।
मैले तिम्रो हिर्द्यको सबै भन्दा मिठो सौन्दर्य तिम्रो आँखामा देखेको छु र महसुश पनि गरेको छु । तिम्रो हिर्द्यको फराकिलो र गहिरो प्रेम पनि देखेको छु । र, तिम्रो दिमागमा थोरै शंकालु डर मैले देखेको छु र महसुश गरेको पनि छु । म तिम्रो भावना बुझ्न सक्छु । तिमी लाई बिनम्रता पूर्वक एउटा अनुरोध गर्न चाहान्छु- यदि संभव छ भने त्यो ‘शंकालु डर’ लाई दिमाग बाट हटाई देऊ । तिम्रो दिलमा यो कुरा रही रहोस कि “यो युग ‘शंकालु डरको युग होईन। शंकाको फूलवारीमा विस्वासको फूल फूल्न सक्दैन । अनि “शंकालु गतिविधि गर्ने लाई प्रेम पत्र होईन त्याग पत्र लेख्ने युग हो यो”।
मैले तिमीलाई भन्दै आएको थिएँ कि “यदि जानु पर्ने समय आयो भने, ‘तिमी बाट धेरै टाढा पनि जानु पर्ने हुन सक्छ, त्यो बेला तिमीले मन न दु:खाऊँनु”। यो कुरा भन्नु पर्दा नरमाईलो लागेको छ कि “जाने समय धेरै छिटो आयो” । जुलाईको एक ‘बार्षालु रात’ मैले सोचेको थिएँ कि ‘टाढा जाने कुरा म तिमीलाई नबताऊँ’। तर, हिर्दयले तिमी लाई खवर सूचना नदिई हिँड्नै मानेन ।
“अचानक किन टाढा जानु पर्यो?” भनेर तिमीले म लाई सोध्ने छैनौ । केही प्रश्नहरुको उत्तर समयले आउने समयमा दिने छ। म टाढा जाँदा तिमीलाई खुशी त नलाग्ला तर दू:ख पनि लाग्दैन भन्ने कुरा म लाई थाहा छ ।
म लाई राम्रो गरि थाहा छ कि “नैतिकता र ईमान्दारीता अरुले सिकाउने कुरा होईनन् । यी त आफ्नो हिर्द्यले महसुश गर्ने कुरा हुन्” । यो मौनताको यात्रामा मेरो नैतिकता र ईमान्दारीताको पनि परीक्षा हुने छ । यो अग्नि परीक्षामा फेल भएर बाँच्न र हाँस्न सक्ने कुरा दिमागमा लिएर म यो परिक्षा दिँदै छैन । अपमान र आँशुको खहरेमा बग्दै जीवन बाँच्न मन लागेको भए या बाँच्न सक्छु जस्तो लागेको भए सायद म यो कठिन परीक्षाको निर्णय गर्ने नै थिईँन। अपमान र आँशुको खहरेमा बग्दै जीवन बाँचेकाहरुको जीवन मैले धेरै नजिक बाट देखेको छु। र, यस्तो जीवन मेरा लागी कहिल्यै स्वीकार्य छैन/हुनै सक्दैन ।
हो, मैले मेरो हिर्द्यको डिरेक्शन बदल्न जरुरी छ । हिर्द्यको डिरेक्शन बदल्ने कुरा सजिलो हुन्थ्यो भने सायद यो संसारमा कठिन भन्ने कुरा केही पनि हुने थिएन होला। ईमान्दारीपूर्वक भन्दै छु कि “ मेरो दिमागले लिएको यो कठोर निर्णयले मेरो हिर्दयलाई हजारौं टुक्रा पारेर फुटाएको छ । तर यो समयको आवश्यकता थियो र छ ।
हिर्दयले दिन दिनै बाटो बिराऊँदै जानु ठीक होईन/ हुनै सक्दैनथ्यो। म लाई यो कुरामा पूरा विस्वास छ कि “प्रेम कहिल्यै पनि गलत बाटोमा जान सक्दैन । म सचेत भए देखि नै विस्वास गर्दै आएको छु कि “युद्ध होस या प्रेम, यो गलत बाटो जान सक्दैन/जानु हुँदैन”। “वीर र योग्य मान्छेले कहिल्यै युद्ध र प्रेमको विधि र प्रक्रिया लाई मिचेर “युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ” भनेर काँतरहरुको भद्दा गीत गाऊँदैनन्” । म काँतर बनेर एक मिनेट पनि बाँच्न चाहान्न। मेरो दिलको नजरमा “प्रेम लाई गलत बाटो जाने अधिकार छैन/हुँदैन” ।
मेरा कुनै पनि शब्द या कर्मले तिम्रो भावनामा कुनै चोट पुगेमा माफ गर है । एकातिर मेरा आँखामा तिम्रो भौतिक अनुपस्थिति र अर्कोतिर त्यो अनुपस्थितिमा मेरो हिर्दयमा चल्ने आँधिव्यहेरीले मेरो जीवनलाई मैले समाल्न नै नसक्ने गरि हल्लाई दिन थाल्यो। तिम्रो भौतिक अनुपस्थिति मेरो लागी एउटा बिशाल पहाड भएर मेरो हिर्दयलाई नै किच्न थाल्यो । जब मैँले महसुश गर्न थालेँ कि ‘मेरो हिर्दय अँन्धकार तर्फ मोडिँदै छ, तव, हिर्द्यलाई सही डिरेक्शन दिन मैँले यो कठिन र टाढाको यात्रा गर्ने पर्ने देखियो । म लाई थाहा छ कि यसको कुनै विकल्प थिएन, छैन र हुने छैन । सायद, मैले कुल्चिएको मेरो आँफ्नै हिर्दयलाई निको हूँन लामो समय लाग्ने छ। म लाई यो पनि थाहा छ कि “मेरो हिर्द्यको अकल्पनीय बेचैनी लाई हटाऊँन मैले मेरो हिर्द्यमा आशाका दियोहरु बाल्न जरुरी छ”। “आफ्नै लागि आशा र भरोसाका उज्याला दियाहरु त म मेरो हिर्द्यको अन्धकारलाई हटाऊँन बाल्छु नै। तर ती दियाहरुमा तेल थप्ने ‘सेतो गुलाफका दिल सम्म पुग्ने हाताहरुको अभावमा यी दियाहरु कति समय सम्म बल्लान्!!!!! त्यो थाहा छैन । तर पनि हिर्दयलाई सम्झाऊँदै छु “आँधीको डर र तेल थप्ने हातहरुको अनुपस्थितिको कारणले दियो नै नबाल्ने र नबल्ने रित त संसारमा छैन नी” । दियो बालौँ तर आँधी र तेलको सन्सार लाई मन कुँड्याउँदै नसोचौं”।
म भगवानलाई कहिल्यै दोष लगाऊँ दिन किनकी भगवानले नै त हो यत्ति धेरै “अचम्मको हिर्दय” म लाई दिएको । एउटा कुरा चाहिँ मन मा आई रहेको छ “बर्षौँ-बर्ष सम्म मरुभूमी भएर बसेको यो सुख्खा हिर्द्यमा अचानक भगवानले किन प्रेम भर्नु भयो होला?
‘जव मेरो हिर्द्यले वास्तविकताको धरातलमा टेकर सत्य कुरा महसूस गर्दै जीवनको सत्य लाई स्वीकार गर्ने छ’ तव तिमीलाई यो कुराको जानकारी गराऊँन पाऊँदा मेरो हिर्दयलाई धेरै खुशी हुने छ । तर ‘त्यो समय कहिले आऊँ छ’ भनेर प्रिडिक्सन गर्ने कुरा मेरो सीमाक्षेत्र भन्दा बाहिरको कुरा हो । ‘म कसरी ३९ बर्ष बाट २३ बर्षको भएँ’ भन्ने कुरा म लाई थाहा नभए पनि यसले मेरो जीवनमा ल्याएको परिवर्तनले म लाई अत्यन्तै खुशी लागेको छ । अव समय आएको छ कि ‘मैले मेरो जीवन लाई व्यवस्थित गर्नु पर्छ’ । म मेरो जीवन अर्थ:हीन भएर अन्त्य होस भन्ने कहिल्यै चाहान्न । तिम्रो अदृश्य प्रेमले मलाई अर्थपूर्ण र मूल्यवान जीवन बाँच्न हौसला दिई रहेको छ। तिम्रो प्रेमले मलाई “असफल नभई ‘सफलताका पहाडहरु’ चढ़न शन्देश पठाई रहेको छ” । तिम्रो प्रेमले म लाई उज्यालो तर्फको यात्राको लागि कहिल्यै नसकिने ऊर्जा प्रदान गरेको छ। यसको लागि धन्यवाद।
जाँदा जाँदै एउटा अनुरोध गर्दै छु :- यदि म मेरो गन्तव्यमा पुग्न असफल भएँ भने म लाई पुरै बिर्सिदिनु । असफल भएर तिम्रो सम्झनामा त के तिम्रो चरणको धुलोमा पनि म बस्दिन। आत्मा सम्मान र स्वाभिमान गुमाएर स्वर्गको राजा ईंद्रको कुर्शी पनि म लाई कहिल्यै चाहिँदैन। यो पक्का हो के “मेरो लागी स्वर्गका राजा ईंद्रको कुर्शी भन्दा तिम्रो दिल सयौँ गुणा बढि प्रिय र प्यारो छ” । तर, आत्मा सम्मान र स्वाभिमान गुमाएर म कसैको दिलमा पनि बस्दिन ।
तिमी लाई कुनै पनि अवस्थामा मेरो आवश्यकता पर्यो भने- चारै तीर नहेर्नु । आफ्नै हिर्द्यको पछाडि हेर्नु । म तिम्रो हिर्द्यको पछाडि तिम्रै प्रेमको प्रतीक्षा धर्यतापूर्वक गरिरहेको हुने छु । हो, मेरो जीवनको अन्तिम पल सम्म तिम्रो हिर्द्यको ढोका बाहिर तिमीलाई नै पर्खि रहने छु ।
धर्ति यहिँ छ,
आकाश यहिँ छ,
हावा यहिँ छ,
पानी पनि यहिँ छ।
तर
तिमी चाहिँ यहाँ किन छैनौ ?
मिठो प्रेमको साथमा …………………….
Comments are closed.