चैत ३, पोखरा/ वर्तमान सरकारमा बढ्दो भ्रष्टचार, महङ्गी, बलात्कार तथा ग्याँस अभाव लगायतका घटनाले र यहीबीचमा पार्टी एकताको कुरा चलेपछि, कास्कीका माओवादी र समर्थक जनताहरु उत्साहित भएका छन् ।गत फागुन १६ गते काठमाण्डौमा जनताको उत्साहजनक उपस्थिती र लगत्तै एकीकृत नेकपा माओवादी र वैद्य माओवादीबीच एकताको पहल भएपछि, माओवादी कास्कीको कार्यकर्ता पंक्ती र उसका समर्थकहरुमा खुसीयाली छाएको छ ।
अध्यक्ष प्रचण्ड केही समय अघि कास्की जिल्ला विकास समितिको सभाहलमा आएर आफुहरु अन्य दलले भने जस्तै जातिय पहिचानको नाममा अन्य जातीको अधिकार कुण्ठित गर्ने काममा नलागेको बताएपछि, जनता र आफ्नै कार्यकर्ता तहमा पनि भ्रम हटाउन मद्दत गरेको एमाओवादी कास्कीका पुराना नेता ज्ञानबहादुर कोइरालाले बताए । ‘स्वयं सरकारका प्रधानमन्त्रीले नै अहिलेको सरकारका मन्त्री सर्वाधिक भ्रष्टाचारी भनेपछि, हामीले केही भन्ने परेको छैन ।’ एमाओवादीका तर्फबाट पोखरा उप–महानगरपालिकाका प्रतिनिधी समेतरहेका कोइरालाले थपे ।
कास्कीको लेखनाथ घर भएका एमाओवादी केन्द्रीय सल्लाहकार कोमलनाथ बराल भन्छन्–‘माओवादी केही बिग्रिएकै हो, हामीले पनि भनेका हौं । तर पछिल्ला क्रममा काँग्रेस र एमालेका जनता बिरोधी कामले अरु भन्दा माओवादीनै ठिक हो की ? भन्ने जनतामा परेकै छ ।’
काठमाण्डौं आन्दोलनको समयमा एमाओवादी कास्कीले १५ वटा बसको तयारी गरेकोमा, जाने मानिस धेरै भएर राती राती थप पन्ध्र बस थप्नुपरेको कास्कीको निर्मलपोखरी गाविस घर भएका एमाओवादी कास्कीका मजदुर नेता रुद्र गौतमले बताए । एनेकपा माओवादी पोखरा ७ वडा कमिटीका सचिव सूर्य कार्कीका अनुसार आन्दोलनले ल्याएको उत्साह अहिले एकताको अन्तिम तयारी भएको खबरले जनता माझ झन् बढाएको छ ।
‘पार्टी विभाजन हुँदा त्यसको असर संविधानसभामा नराम्रोसँग प¥यो ।’ कास्की क्षेत्र नम्बर चारबाट सभासदका उम्मेदवार गुप्तबहादुर हमाल सन्देशले भने– ‘पछिल्लो क्रममा पार्टीले सुरु गरेको आन्दोलनले कार्यकर्तामा उत्साह भरेको छ । पुनः एकता पनि हुने तयारीले पुरै जनतामा पनि खुसीयाली ल्याएको छ ।’ एमाओवादी आर्वाका अध्यक्ष देवराज पौडेलले काँग्रेस एमालेको सरकारका पालामा भ्रष्टचार, महङ्गी, बलात्कार तथा ग्याँस अभावका घटना बढेका कारण बरु माओवादीलाइ एक पटक राम्रोसँग सरकार चलाउन दिएका भए केही गथ्र्यो की ? भन्ने आश जनतामा पलाएको बताए ।
लामो समय सम्म विवादमा रहेको एमाओवादी कास्कीमा अहिले अहिले इञ्चार्ज भएर आएका केन्द्रीय सदस्य हरि अधिकारी कुमारको नेतृत्वमा पुर्व नेताहरु रहेको पाँच सय सदस्यीय आन्दोलन समिति बनेपछि, गाउँ तथा वडा तहमा पनि पुनः क्रियाशिलता बढेको छ ।
Comments are closed.