एकल महिलाहरुको लागि दुई दिने उद्धघोषक तथा माइनट लेखन तालिम सम्पन्न


पोखरा, चैत्र १२
पोखरा महानगरपालिका वडा नं १७ को सहयोगमा २ दिने उद्घोषण तथा माइनट लेखन तालिम सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला एकल महिला वडा नं १७ को आयोजनामा गरिएको सो तालिममा सहभागी र समुहका पदाधिकारी सहित ५० जना महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका उपप्रमुख सिर्जना शर्माले पहिलेको तुलनामा अहिले महिलाको अवस्थामा सुधार हुँदै गएको भएपनि त्यो प्रर्याप्त नरहेको बताइन् । साथै उनले एकल महिलाहरुलाई एकल” शव्दले वोलाउनु भन्दा पनि सङ्घर्षशील क्षमतावान् महिला ” भन्नुपर्ने भन्दै सरकारले एकल महिलाको ठाँउमा सङ्घर्षशील क्षमतावान् महिला ” राख्न आग्रह गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य तथा कार्यपालिका सदस्य राधिका शाही योगीले एकल महिलालाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन आउदै गरेको भए पनि अझै एकल महिलाहरु समाजमा दोस्रो दर्जाको जस्तो भएर वाचिरहेको वताउनुभयो । श्रीमानको साथ छुटेपछि आफुलाई कमजोर सम्झने महिला आमा दिदिवहिनीहरुले आत्मबल दह्रो वनाएर आफुलाई वलियो वनाउन जरुरी रहेको बताइन् ।
पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य बैकुण्ठ भण्डारीले महिलाहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि पनि उनिहरुलाई बोल्न सक्ने क्षमता तथा समुह सञ्चालनको लागि माइनट लेखन तालिम आवश्यक रहेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शान्ता देवी गुरुङ्ले सक्षम बन्नको लागि सिकाई आवश्यकता रहेको बताइन् ।
आफूहरुको दैनीक जीवनमा आईपर्ने समस्या तथा तिनको समाधानका लागि पनि वाककला आवश्यक भएकोले उद्धघोषक तथा माइनट लेखन तालिम आयोजना गरिएको मानव अधिकारका लागि महिला एकल महिला वडा नं १७ का अध्यक्ष रत्ना श्रेष्ठले बताइन् ।
नेतृत्व विकास तथा उद्घोषणका विषयमा रेडियो सफलताका समाचार प्रमुख तथा क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशका महासचिव अन्जु बरालले प्रशिक्षण दिएकी थिइन् । कुनै पनि संस्थाको बैठक वा संघ संस्थाले आयोजना गरेका कार्यक्रमको निर्णय कसरी लेख्ने भन्ने बारेमा मानव अधिकारका लागि महिला एकल महिला कास्की जिल्लाका अध्यक्ष जुना के.सीले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रमको संचालन संस्थाका सचिव सिता शर्माले गरेकी थिइन् ।

Comments are closed.