एक महिनाको लागि सबै भारतीय सीमा बन्द

काठमाडौं- भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि सीमा बन्द गर्ने निर्णय लिएको छ ।मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको हो ।

भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कोभिड-१९ फैलन नदिन  केही निश्चित वर्गका बाहेक, देश भित्रनकालागि आवश्यक सबै प्रवेशाज्ञा एक महिनाकालागि निलम्बन गरिएको घोषणा गरेको छ। कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् ।विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो ।

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो ।संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।

Comments are closed.