एक सातादेखि वेपत्ता प्रहरी जवान मृत अबस्थामा फेला

कमल खत्री । म्याग्दी, २७ फागुन ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरी जवान कालिगण्डकी नदीको किनारमा मृत अबस्थामा फेला परेका छन् । विगत एक सातादेखि बेपत्ता भएका प्रहरी जवान युवराज पौडेलको सब आज पर्वतको खनियाघाटमा कालिगण्डकीको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

rraju paudel
फागुन २० गते मध्यरातदेखि मोवाईल अफ गरी वेपक्ता भएका प्रहरी जवान पौडेल घरपरिवारको समेत सम्पर्कमा नभएपछि खोजीकार्य तिब्र पारिएको थियो । खोजी कार्यको शिलसिलामा आज दिउँसो स्थानीय ट्रयाक्टर चालककले खनियाघाट स्थित कालिगण्डकी नदी किनारमा सब देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

अहिले पौडेलको सब परिक्षणको लागि कुस्मा लगिएको ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रहरी जवान तारा परियारले जानकारी दिनुभयो । पौडेलले कालिगण्डकीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । बाग्लुङ अधिकार चौर घर भएका २७ बर्षिय पौडेल बिगत करिब ३ बर्षदेखि म्याग्दीमा कार्यरत थिए ।

 

Comments are closed.