एन्फा विवादले कास्कीमा फुटबल ठप्प

एकराज गिरी

एन्फा कास्की आफैँ आन्तरिक विवादमा रुमलिएको छ । जसले गर्दा फुटबल गतिविधि शुन्य हुन पुग्यो । एन्फा कास्कीका पदाधिकारीको राजिनामासँगै अन्यौलमा छ ।


फुटबलको उर्वरभूमी पोखरा । फुटबल र पोखरा एक अर्काका परिपुरक । तर, पछिल्लो समय पोखरामा फुटबल खेल सुस्ताएको छ । सहारा क्लवले आयोजना गर्ने आहा गोल्ड कपले फुटबलको क्रेजलाई ह्वात्तै माथि उठायो । आहा गोल्ड कपसँगै युवाहरुको आकर्षण फुटबलमा बढेपनि, त्यसले एक दशक भन्दा बढी टिकाउन सकेन । वर्षमा हुने प्रतियोगिता बाहेक अन्य दिनमा प्रशिक्षण र प्रतियोगिताले गति नपाउँदा नयाँ खेलाडीको उत्पादन नहुँदा बसन्त गौचन, भिसन गौचन र अनिल गुरुङको साखलाई जोगाउने पछिल्लो पुस्ताको आगमन देखिदैन ।

एकताका राजधानीमा हुने राष्ट्रिय लिगमा खेल्ने अधिकाशसं फुटबल खेलाडी पोखराका हुन्थे । एक दशकअघि राष्ट्रिय टिम वा लिगमा पोखरेली खेलाडीको बर्चश्व थियो । तर, अहिले पोखरेली खेलाडीको खडेरी नेपाली फुटबलमा देखिएको छ । खडेरी देखिनुको मुख्य कारण फुटबल खेलमा भविष्य नदेख्नु र भएकाहरुलाई संरक्षण दिन नसक्नु हो । पछिल्लो समय अखिल नेपाल फुटबल संघ एन्फामा देखिएको आन्तरीक विवादको भूमीमा कास्की जिल्ला फुटबल संघसमेत पसेपछि खेल ठप्प मात्रै भएन, नयाँ र प्रतिभावना खेलाडी उत्पादनसमेत हुन सकेन । जिल्लास्तरीय लिग, विद्यालयस्तरीय फुटबल र अन्य फुटबल प्रतियोगितासमेत संचालन भएक छैनन ।pokhara-stadium-photo

एन्फा अध्यक्ष गण्ोश थापा र उपाध्यक्ष कर्मछिारिङ शेर्पा समुहको टकरावको प्रत्यक्ष प्रभाव जिल्ला संघहरुमा देखियो । त्यसले नियमित प्रतियोगिता नहुदाँ फुटबलको विकासमा असर देखियो । त्यसको मारमा कास्की पनि पर्यो । कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमबहादुर लामिछाने एन्फा केन्द्रका कारण फुटबल गतिविधि संचालन गर्न नसकेको स्वीकारछन् । उनी भन्छन् ‘केन्द्रको विवादका कारण खेल संचालन नभएको हो । केन्द्रको विवाद अन्त्य हुनेवित्तिकै खेल संचालन हुन्छ ।’ उनी प्रतियोगिता संचालनका लागि एन्फा केन्द्रले आर्थिकरुपमा सहयोग नगरेका कारण संचालन गर्न नसकेको समेत बताउँछन् । एन्फा अध्यक्ष गणेश थापाको विपक्षमा र कर्माको पक्षमा लागेका कारण एन्फा कास्कीलाई संचालनको जिम्मा आएको राष्ट्रिय लिग संचालनको मौकासमेत गुमाएको आरोप छ ।


एक दशकअघि राष्ट्रिय टिम वा लिगमा पोखरेली खेलाडीको बर्चश्व थियो । तर, अहिले पोखरेली खेलाडीको खडेरी नेपाली फुटबलमा देखिएको छ ।


आरोप बारे अध्यक्ष लामिछाने भन्छन्, ‘लिग सञ्चालन गर्न १ करोड रुपैयाँ आवश्यक हुन्छ तर केन्द्रले सहयोग नगर्ने, हामीसँग छैन, कसले खर्च गर्ने, त्यसैले हुन सकेन ।’ अध्यक्ष लामिछानेले ठूलो रकम मागेर खेलाउन नसकिने बताउँदै एन्फा केन्द्रले ५० प्रतिशत सहयोग गरेको भए ५० प्रतिशत रकमको ब्यवस्था हामी आफैं जुटाउन सक्ने बताए । उनी भन्छन्, ‘हामी फुटबल खेलको विकासमा लागेका व्यक्तिहरु कुनैको पक्षमा छैनाैँ, फुटबल विकास हुनुपर्छ भन्ने पक्षमा छाैँ, मिलेर अगाडी बढनुपर्छ ।’

यता एन्फा कास्की आफैँ आन्तरिक विवादमा रुमलिएको छ । जसले गर्दा फुटबल गतिविधि शुन्य हुन पुग्यो । एन्फा कास्कीका पदाधिकारीको राजिनामासँगै अन्यौलमा छ । एन्फाले संचालन गर्ने मनकामना कपको आयब्यय करिव १० महिना हुदाँसमेत सार्वजनिक हुन सकेको छैन । एन्फा कास्कीका उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहसचिवले राजिनामा दिएको बताएपनि अध्यक्ष लामिछानेले आफुलाई जानकारी नभएको बताउँछन । उनले भने, ‘राजिनामा बारे थाहा छैन, कुनै झगडा र विवाद भएको छैन उनले भने प्रतियोगिताको हिसावकितावसमेत कार्यालय सचिवलाई बुझाइएको छ, मलाई कुनै जानकारी छैन’ ।

फुटबल विकासकै लागि एन्फा गठन भएपनि पछिल्लो समय संघमा देखिएको विवादले राष्ट्रिय लिग गर्ने राम्रो मौका गुमेको खेलकुदकर्मीहरु बताउँछन् । राष्ट्रिय लिग गर्न सकेको भए, अहिले शीर्ष स्थानमा रहेको झापा फुटबल क्लबको स्थानमा कास्की हुनसक्थ्यो तर त्यो दुर्भाग्य भएको सहारा क्लब पोखराका अध्यक्ष विरभद्र आर्चायले बताए । उनले समाजसेवाको माध्यमबाट फुटबल खेलको विकासमा जुटेको बताउँदै राष्ट्रिय लिग खेल्ने मौका पाएको भए, त्यो अवसर चुक्न नदिने बताए ।


पोखरेली खेलाडी बसन्त गौचन मनाङमस्याङ्र्दीबाट मिडफिल्डमा जमेर खेल्थे । दाई बसन्तको पाइलासंगै भाई विसन गौचनले पनि फुटबल करियर सुरुवात गरे । फुटबल खेल मार्फत दुई दाजुभाईले पोखरालाई चिनाउन महत्वपूर्ण भूमिका खेले ।


उनले फुटबल खेल संचालनका लागि विस २०५८ सालबाटै एकेडेमीको सुरुवात गरेको बताए । ‘प्रतियोगिता त पछि गरेका हौं तर एकेडेमी पहिल्यै संचालन गरेका हाैँ’, उनले भने, ‘अपेक्षाकृत रुपमा खेलाडी उत्पादन गर्न सकेका छैनौं ।’ अध्यक्ष आचार्यले सहाराले एकेडेमीबाट उत्पादित खेलाडी अनिल गुरुङले पोखराको प्रतिनिधित्वलाई कायम राखेको र पछिल्लो समय अजित भण्डारी राष्ट्रिय टिममा परेको बताए । ‘नियमित प्रतियोगिता र प्रशिक्षण नहुदाँ नयाँ खेलाडी उत्पादन हुन सकेनन्, त्यसका लागि सहराले मात्रै गर्न सक्दैन सवैको पहल आवश्यक हुनुपर्छ’ आचार्य भन्छन्, ‘सवैको निस्वार्थ भावनाले अगाडी बढनुपर्छ र स्थानीय प्रतियोगिता हुनुपर्छ ।’

पोखरेली फुटबललाई अझै माथि उकास्ने राम्रो अवसर राष्ट्रिय लिग संचालन हुन नसक्दा फुटबलको विकासमा बाधा पु¥याएको छ । डेढ दशकअघि आयोजना गरिएको क्याराभान गोल्डकप र आहा रारा गोल्डकपले नयाँ खेलाडीको उदय गराउन सक्षम बन्यो । त्यसअघि पोखरामा फुटबल खेलका गतिविधि नहुदाँ खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाएका थिएनन् ।

त्यही बेला पोखरेली खेलाडी बसन्त गौचन मनाङमस्याङ्र्दीबाट मिडफिल्डमा जमेर खेल्थे । दाई बसन्तको पाइलासंगै भाई विसन गौचनले पनि फुटबल करियर सुरुवात गरे । फुटबल खेल मार्फत दुई दाजुभाईले पोखरालाई चिनाउन महत्वपूर्ण भूमिका खेले । अखिल नेपाल फुटबल संघले संचालन गरिरहेको एन्फा एकेडेमीबाट फुटबल करियर थालेका विजय गुरुङले पनि पोखरालाई माथि उठाउन भूमीका खेले ।

सहारा एकेडेमीको पहिलो ब्याजबाट अहिलेका चर्चित खेलाडी अनिल गुरुङको उदय भयो । सहाराबाट माथि उठेका गुरुङले ब्यावसायिक फुटबलको सुरुवात गरे । उनले थालेको व्यावसायिक फुटबलले झण्डै एक दशक पार गरेको छ । उनीसँगै सहारा एकेडेमीमा रहेर फुटबल सुरुवात गरेका साथीहरु विदेश भास्सिए तर उनले अहिलेसम्म पोखराको फुटबललाई थामी राखेका छन् । मोफसलमा हुने ठूला धनराशीका प्रतियोगितामा पोखरेली खेलाडी अनिलको चर्चा बढी नै हुने गरेको छ । एडिभिजनका क्लवमा पोखराका दुई दर्जन खेलाडीको आवद्धता रहँदै आएपनि राष्ट्रिय टोलीमा पोखराको प्रतिनिधित्व हुन सकेको छैन ।

Comments are closed.