एकराज गिरी । पोखरा, १२ फागुन ।
चौथो अन्र्तराष्ट्रिय आमन्त्रित महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको (एपीएफ) क्लबले जितेको छ । मंगलबार पोखरा रगंशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा एपीएफले न्यू–डायमण्ड एकेडेमीलाई ३—१ को सेटमा पाखा लगाउँदै उपाधि जितेको हो । एपीएफ तेस्रो संस्करणको उपाधि विजेता समेत हो ।
एपीएफले न्यू डायमण्डलाई २५—१६, २५—२२, २८—२६ र २५—२० को सेटमा पराजित गर्दै उपाधिसंगै नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता न्यू डायमण्डले नगद ३० हजार ट्रफि, मेडल र प्रमापणपत्रमा चित्त बुझायो । प्रतियोगतामा आयोजक पश्चिमाञ्चल भलिबल संघ तेस्रो हँुदै नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई २५—२३, २५—१३, २०—२५ , २५—१९ र १५—१३ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल भयो । राजधानिमा हालै भएको ढोरपाटन कपमा एपीएफ विजेता न्यू–डाईमण्ड उपविजेता र पुलिस तेश्रो भएका थिए ।
प्रतियोगितामा उत्कृष्ट सरभरको पुरस्कार न्यू डायमण्डकी कृपा अधिकारीले प्राप्त गर्दा प्रतिभा माली उत्कृष्ट स्पाइकर बनिन् । डायमण्डकै उत्कृष्ट लिवेरो सलिना श्रेष्ठ बनिन् । उत्कृष्ट सेटर एपीएफकी विनिता बुढाथोकी घोषित हुदाँ उत्कृष्ट ब्लकर पश्चिमाञ्चलकी पवित्रा विसी बनीन । प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै एपीएफकै सरस्वती चौधरीले नगद पाँच हजार सहित ट्रफि प्राप्त गरिन् । उत्कृष्ट खेल प्रर्दशन गर्दै सवैको मन जित्न सफल प्रतिभा मालिलाई भलिबल संघका कोषाध्यक्ष निरज मास्केले प्रोत्साहन स्वरुप नगद दश हजार प्रदान गरे । त्यस्तै उनले तेस्रो हुन सफल पश्चिमाञ्चल टिमलाई समेत नगद १५ हजार प्रदान गरे । सोही कार्यक्रममा महिला राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रशिक्षक र अफिसियललाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । विजेता तथा सम्मानित खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, भलिबल संघका अध्यक्ष दानबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरामा जारी २९ औं राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधिको लागि बुधबार दुई सरकारी टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा दुबै टोली विजयी हुदै फाईनलमा यात्रा तय गरेका हुन । नेपाल पुलिस क्लवले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई ३–१ को सेटमा पराजित गदै फाईनलमा यात्रा बनाएको हो । खेलमा पुलिसका संजय अर्याल म्यान अफ दी म्याच घोषित भए । एपीएफले पश्चिमाञ्चललाई २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित गरी फाईनलमा पक्का बनाएको हो । खेलमा एपिएफका डाईमण्ड बहादुर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
Comments are closed.