पोखरा
एभिन्यूजका गण्डकी प्रदेश ब्यूरो प्रमुख पत्रकार सुमन ढुंगानासमेत विरुद्ध अमेरिकी नागरिक मिसेल अलेक्जेन्द्रा विल्सले व्यक्तिगतगोपनियता हनन तथा गाली बेइज्जती मुद्दा दर्ता गरेकी छन् । जिल्ला अदालत कास्कीमा ०७७ भदौ १८ गते दर्ता भएको उक्त मुद्दामालिखित जवाफ वा प्रमाणसहित पेस हुन पत्रकार ढुंगानाको नाममा आदेश जारी भइसकेको छ ।
मिसेलको वारेसमा उनका व्यावसायिक पार्टनर लर्निङ हाउस प्रालिका सञ्चालक पोखरा ८ बस्ने ङवाङ छिरिङ तमु गुरुङले मुद्दा दर्तागराएका हुन् । असोज ६ गते सोमबार मुद्दाको विपक्षीको नाममा जारी भएको आदेशसहितको पत्र बुझिसकेको पत्रकार ढुंगानालेजानकारी दिए ।
एभिन्यूजमा ०७६ पुस २९ गते खबर भित्रको खबर कार्यक्रममा ‘मिसेलको मिसन’ पत्रकार ढुंगानाले रिपोर्टिङ गरेका थिए । रिपोर्टमाअमेरिकी नागरिक मिसेल बिजनेस भिसामा नेपाल आएर समाजसेवाको नाममा चन्दा उठाएको सार्वजनिक गरिएको छ । साथै, प्रचलितकानुनविपरित चन्दा उठाउन नपाइने भएकाले मिसेललाई कारवाही गर्न निकायलाई ध्यानाकर्षण गराइएको छ ।
उक्त रिपोर्टले आफूमाथि नैतिक चरित्र र आचरणमा आक्षेप लगाई गाली बेइज्जती हुने किसिमको भएको भन्दै मिसेलले अदालतमाफिराद पत्र (उजुरी) दर्ता गरेकी हुन् । उनले दर्ता गरेको उजुरीमा आफूमाथि पर्न गएको हानी नोक्सानीको क्षतिपूर्ति बापत १ करोड रुपैयाँमागदाबी गरेकी छन् । त्यसबाट आफूलाई मनोवैज्ञानिक र मनोचिकित्सकीय परामर्श बापतको मनासिब खर्च भइरहेको उजुरीमा विल्समाउल्लेख गरेकी छन् ।
‘मेरो पेसा व्यवसायमा समेत आघात परेको, म बसोबास गरिरहेको घरबाट उठिबास लागेर वितग ६/७ महिनादेखि होटलहरुमा बास लिनपरेको छ,’ उजुरीमा मिसेलले भनेकी छन्, ‘मुद्दा दायर गर्न कानुन व्यवसायी खर्च, पीडितले व्यहोर्नु पर्ने मानसिक र भावनात्मक क्षति, कसुरको प्रत्यक्ष परिणाम स्वरुप पीडितको गुमेको आय आर्जन क्षमता र मेरो प्रतिष्ठामा पर्न गएको असरसमेतलाई मध्यनजर राखी १करोड क्षतिपूर्ति दिलाइ भराई पाउँ ।’
मुलुकी अपराध संहिता २०७४ को दफा ३०३, ३०७ (२) बमोजिम आफ्नो व्यक्तिगत गोपनियता हनन र बेइज्जतीबाट हानी नोक्सानीभएको उनको दाबी छ ।
न्यायालयलाई सघाउँछुः पत्रकार ढुंगाना
अमेरिकी नागरिक मिसेलले आफू विरुद्ध मुद्दा दायर गरेको जानकारी पाएसँगै एभिन्यूजका गण्डकी ब्यूरो प्रमुख पत्रकार सुमन ढुंगानालेअदालतमा समयमै उपस्थित हुने बताएका छन् । अदालतमा मुद्दा परिसकेको विषयमा थप तर्क सार्वजनिक गर्न नहुने बताउँदै उनलेप्रमाणसहित अदालतमा पेश हुने जानकारी दिए । पत्र बुझेको २१ दिनभित्र उनी अदालत पुग्नु पर्ने हुन्छ ।
‘मसमेत विरुद्ध मुद्दा परेको जानकारीसहितको पत्र मैले सोमबार ब्यूरो कार्यालयमै बुझिसकेको छु,’ उनले भने, ‘मुद्दाको छिनोफानोन्यायालयबाटै हुन्छ । यसबारे मैले केही भनिरहनुपर्छ जस्तौ लाग्दैन । सत्य छर्लङ्ग छ, जुन तथ्यमा आधारित थियो ।’
रिपोर्ट प्रसारणपछि अध्यागमन विभागले मिसेल विरुद्ध आवश्यक कारवाही थाल्दै उनलाई डिपोर्ट गर्ने निर्णय सार्वजनिक भइसकेपछिपत्रकारमाथि दुःख दिने नियतले गरिएको कार्यको रुपमा पत्रकार ढुंगानाले लिएका छन् ।
अदालतले पनि प्रमाणको आधारमा निसाफ दिलाउने भएकाले आफ्नो रिपोर्टको विश्वस्नीयतामाथि मिसेलले उठाएको प्रश्नलाई स्वागतनै गरेको पत्रकार ढुंगानाले सुनाए । पत्रकार महासंघलाई मुद्दाबारे जानकारी गराइसकेको आवश्यक सहयोग गर्ने प्रतिबद्धता जिल्ला रप्रदेश नेतृत्वबाट आएको उनले बताए ।
मिसेललाई अध्यागमन विभागका तत्कालीन महानिर्देशक ईश्वरराज पौडेलले ‘नेपाल छाड्न निर्देशन’ दिएको सञ्चारमा माध्यममलाईजानकारी गराएका थिए । मिसेलको भिसा गत चैत २५ गतेसम्म कायम थियो । त्यसपछि भिसा नथपी उनलाई अमेरिका नै फर्काउनेतयारी विभागको थियो ।
तर, चैत ११ गतेदेखि कोरोना महामारीका कारण जारी लकडाउनले गर्दा अन्तर्राष्ट्रिय उडान हुन सकेनन् । भिसा अवधि समाप्त भएका रसम्बन्धित देश फर्कन नपाएका विदेशी नागरिकलाई केही समय म्याद थप विभागले गरेको थियो । मिसेलको हकमा भने उनको बिजनेसभिसा भएकाले व्यवसाय व्यवस्थापन गर्नका लागि भन्दै आफैंले थप समय दिनुपर्ने भन्दै विभागमा निवेदन दिएकी थिइन् ।
१ वर्ष समय माग गरेको भएपनि विभागले ६ महिनामात्र म्याद थपेको अध्यागमनका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिएकोउनलाई उद्धृत गर्दै पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले बताए । उप्रान्त उनको भिसा नथपिने महानिर्देशक केसीले स्पष्टपारेको उनको भनाइ छ ।
मिसेलको भिसा अवधि आगामी डिसेम्बरमा सकिने छ । ६ महिना थप्नुको कारणबारे लकडाउनले गर्दा अन्तर्राष्ट्रिय उडानको टुंगोनलागेकाले मात्र थप भएको महानिर्देशक केसीले बताएको अध्यक्ष पौडेलले जानकारी दिए । मिसेलले पत्रकारविरुद्ध मुद्दा हालेकोविषयमा पत्रकार महासंघलाई सह्य नहुने अध्यक्ष पौडेलले स्पष्ट पारेका छन् ।
(एभि न्युज खबरबाट)
Comments are closed.