एमाओवादी कास्कीले बनायो ३ सय ८२ घर

पोखरा, १९ असार । एकीकृत ने.क.पा. (माओवादी) कास्कीले भूकम्पबाट प्रभावित परिवारहरुका लागि शुक्रबारसम्म ३ सय ८२ अस्थायी घर निर्माण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको छ ।
भूकम्पबाट प्रभावित विभिन्न जिल्लाहरुमा अस्थायी घर निर्माण गरिएको हो । अहिलेसम्म कास्की जिल्लामा विद्यालयका लागि कक्षाकोठा र व्यक्तिगत घर गरी २१२ अस्थायी घर निर्माण गरिएको छ, भने गोरखा जिल्लामा विद्यालय र सामुदायिक भवन गरी १०५ घर निर्माण गरिएको छ । त्यसैगरी लमजुङ जिल्लामा व्यक्तिगत घर र विद्यालयका कक्षाकोठा गरी ६५ घर निर्माण गरिएको एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले बताए ।
एमाओवादीले भूकम्प पीडित अति विपन्न परिवारलाई लक्षित गरी पुनर्निर्माण अभियान सञ्चालन गरिएको जनाएको छ । अहिलेसम्म ५५ लाख बराबरको राहत सामाग्री वितरण गरिएको, ३ सय ८२ घर निर्माण गरिएको र पुनर्निर्माण अभियान जारी रहेको एमाओवादी कास्कीका कार्यालय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिए ।

Comments are closed.