चैत २४ देखि तीन दिन आम हड्ताल ।
काठमाडौं, १ चैत / विपक्षी दलहरुको आमहड्तालसहितका आन्दोलन सार्वजनिक गरेका छन् । आइतबार एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको विपक्षी मार्चाको बैठकले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । ३० दलीय मोर्चा प्रवक्ता प्रेमबहादुर सिंहका आनुसार यस्ता छन् आन्दोलनका कार्यक्रम :
५ चैतमा सबै जिल्लामा आन्दोलन तयारीका लागि ३० दलीय मोर्चाको बैठक गर्ने
८ चैतमा जिल्ला सदरमुकाममा कालोबजारी, महंगी, लोडसेडिङ, महिलामाथिको हिंसा, भ्रष्टाचारको विरोध गर्दै सहमतिमा संविधानका लागि प्रदर्शन गर्ने
११ चैतदेखि प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु सहभागी सार्वजनिक कार्यक्रममा कालो झण्डा प्रदर्शन, कार्यक्रम वहिष्कार र अवरोध गर्ने ।
१५ चैतमा सदरमुकाममा लाठी र सिट्ठी जुलुस प्रदर्शन गर्ने
१६, १७ र १८ चैतमा जिल्ला प्रशासन र अन्य सरकारी कार्यालय घेराउ गर्ने
१८ चैत साँझ सबै सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने
१९ चैतमा नेपाल बन्द
२० चैतदेखि राजस्व र कर तिर्ने कार्य बन्द गर्ने
२३ चैत साँझ मसाल जुलुस प्रदर्शन गर्ने
२४,२५ र २६ चैतमा देशभर आमहड्ताल गर्नेलगायतका कार्यक्रम छन् ।
सहमतिबाट संविधान बनाउन कांग्रेस एमालेले नमानेपछि वाध्य भएर आन्दोलनमा जानु परेको सिंहले बताए । मोर्चाको आन्दोलनले संविधान निर्माणको बहुमतीय प्रक्रिया रोकिने र सत्तापक्षीय दलहरु सहमतिमै फर्किन वाध्य हुने उनको भनाइ छ ।
Comments are closed.