एमालेका स्वतन्त्र उम्मेदवार जोशी समूहको घरदैलो

तनहुँ ,दमौली

 

व्यास नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि एमाले–जोशी समूहले बुधबारदेखि घरदैलो अभियान सुरु गरेको हो ।एमाले–जोशी समूहबाट मेयरका उम्मेदवार दीपकराज जोशी, उपमेयरका उम्मेदवार बसुन्धरा घर्ती लगायत वडाका उम्मेदवारले व्यास–३ देउरालीनगरबाट घरदैलो सुरु गरेका हुन् । उम्मेदवारहरुले मतदाता भेटघाट गर्दै आफूहरुलाई मत दिन आग्रह गरेका छन् ।मेयर उम्मेदवार जोशी एमालेको समर्थनमा स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन् । उपमेयर उम्मेदवार घर्ती भने एमालेको चुनाव चिन्हमा मैदानमा छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले १७ गते मात्र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्नेछ ।

Comments are closed.