एमालेको गठबन्धन जनता सङ्ग – केन्द्रिय सदस्य  राजिब पहारी

पोखरा ,
                     नेकपा एमालेका केन्द्रिय सदस्य एबम गण्डकी प्रदेश सभा सदस्य  राजिब पहारिले आउने स्थानिय तहको निर्बाचनमा आफ्नो पार्टीलाई कुनै अन्य दलसङको  गठबन्धन आबश्यक  नपर्ने भन्दै एमालेको गठबन्धन जनतासङ्ग हुने बताए । उनले जनताको मन जितेर काम गरेको आफ्नो पार्टी हरपल जनताको सुख दुखमा सङ्गै रहेको हुँदा  धरातल कमजोर भएका अन्य दलहरू जनताबाट अस्विकृत हुने भयले गठबन्धनको रडाको मच्चाएर एमाले सिध्याउने खेल खोजेको भन्दै आफ्नो पार्टी जनताको दर्हो साथले निर्बाचनमा एकलै  चुनावमा जाने र एकल बिजय मनाउने जिकिर गरे।
    नेकपा एमाले पोखरा महानगर वडा न ६ को पार्टी कार्यालयको बिहिबार पोखरामा उद्घाटन गर्दै पहारिले अरुका सय झड्काका अगाडि एमालेको एक झड्का नै काफी हुने पहारिले दाबी गरे ।
 सो अबसरमा एमाले पोखरा महानगर अध्यक्ष दिलिप न्यपानेले बिगतको स्थानिय निर्बाचनको जस्तो गल्ती उक्त वडामा नदोहोर्‍याउन सबैलाइ आग्रह गर्दै जनताको मन जित्ने गरि काममा उत्रन सबै मताहतका कमिटिलाइ आग्रह गरे। आफ्नो पार्टी र जनप्रतिनिधिहरुको लिखित दस्ताबेज बनाएर घर घरमा जनतासम्म पुर्याउन उनले आग्रह गरे।
कार्यक्रममा एमाले पोखराका सचिब जीवन आचार्य ,गण्डकी प्रदेश कमिटी सदस्य प्रदेश  हरि शर्मा  गैर्हे  ,पार्टिका जिल्ला कमिटी सदस्य तथा उक्त वडाका इन्चार्ज कृष्ण न्यौपाने ,जनसान्स्कृतिक महा संघ सदस्य ओम बिक्रम ओझा , प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोगका उपाध्यक्ष  रामजी प्रसाद लम्साल ,जिल्ला कमिटी सदस्य राममाया बि क लगाएतले अबको स्थानिय निर्बाचनमा एमाले नेता कार्यकर्ताको भुमिकाका बारेमा प्रकाश पारेका थिए ।वडा कमिटी अध्यक्ष बलराम पहारिको अध्यक्षता भएको कार्यक्रमको  संचालन  सचिब उमा भन्डारी , स्वागत  मन्तब्य उपाध्यक्ष जमुना पराजुलिले गरेका थिए ।

Comments are closed.