युवा संघमा अहिले भाँडाभैलो छ । नेतृत्वमा अहिले को भन्ने कुरा मै विवाद छ । ओली शर्मा पक्षका पदाधिकारीले संघको नेतृत्वमा निरु पाललाई ल्याएको भएपनि माधब नेपाल पक्षका पदाधिकारीले प्रक्रिया गलत भएको भन्दै सिनियरको हैसियतले पनि वरिष्ठ उपाध्यक्ष दिलु पन्तले संघको नेतृत्व पाउने पर्ने बताएका छन् । पछिल्लो पटक चैतको ७ र ८ गते ओली पक्षले संघको विस्तारित बैठक हेटौंडामा गरेपनि नेपाल समुहले आठ गते काठमाडौंमा छुट्टै भेला तथा बैठक आयोजना गरेपछि संघमा थप भाँडाभैलो मच्चिएको हो । विधान विपरित व्यक्तिलाई टिका लगाएर नेता बनाउने काम भएको भन्दै नेपाल समुह समानान्तर समिति गठन गर्ने दाउमा छ । यही समान्तार कमिटी गठनका लागि भन्दै दिलु पन्तको नेतृत्व अहिले देशव्यापी प्रशिक्षणमा निस्कीएको छ । युवा संघ नेपाल वैचारिक, सांगठानिक रुपान्तरण अभियानको नाममा केन्द्रीय कमिटी नै बनेको छ । जसको संयोजकमा दिलु पन्त स्वयम नै रहेकी छन् । पन्त नेतृत्व प्रशिक्षण, संगठन र भेला भन्दै शनिबार पोखरामा आइपुग्यो । पोखरामै जन्मेर २१ बर्षदेखि युवा संघका लागेकी पन्तसँग संघमा भएको विवाद र संघको समान्तार भेला, बैठक र कार्यक्रमका विषयमा हटलाइनले कुराकानी गरेका छ । प्रस्तुत छ कुराकानीको सार संक्षेप –
प्रस्तुतिः अमृत सुवेदी
संघमा तपाईको विद्रोह नेतृत्वको लागि की चर्चा र प्रक्रियाका लागि ?
विद्रोह भनेको पदले गर्ने होइन स्वाभिमानले गर्ने हो र मुल्य मान्यताको रक्षा गर्नका निम्ति गर्ने हो । अहिले युवा संघमा विधी, विधान, परम्परा र मूल्य मान्यतालाई कुल्चने काम भएको छ । युवा संघको विधान मै नभएको व्यवस्था व्यक्तिको आकाङ्छामा गरिएको छ । व्यक्ति नै युवा संघ हो भन्ने देखाउन खोजिएको छ । त्यसकारण विद्रोह गर्नुपरेको हो ।
भनेसी तपाईका कुरा पार्टी र संघले सुनेन की पत्याएन ?
बुझाउन र सुनाउनका लागि कोशिस गरिएको हो । यो जुन विधी, विधानलाई कुल्चने काम शृंखलागत रुपमा भएका छन् हामीले अन्तिम पटक संगठन भित्र र बाहिर उजागर गर्न खोजेका हौं । त्यसैले माघ २१ मा भएको संघको पदाधिकारीहरुको वैठकमा जुन दुभाग्र्यपूर्ण निर्णय भयो त्यसले हाम्रो संगठनलाई मात्र होइन सिंगो पार्टीलाई पनि समस्यामा पारेको छ । यसले संघमा कुनैपनि निर्णयमा जाँदा विधी र प्रक्रिया हुन्छ पद्धती पनि हुन्छ तर त्यो दिन यो सबै कुरालाई कुल्चँदै महाधिवेसनले दिएको म्यान्डेडलाई पनि कुल्चँदै पाँचपाँच जना पदाधिकारी चयन गर्ने काम भयो । त्यो विधान मै व्यवस्था छैन ।
त्यसो भए एमाले भित्र त्यसमा पनि संघमा गुण्डागर्दी धेरै भयो भन्न खोज्नुभएको हो ?
प्रवृति चाँही छ । यसको अन्त्यका निम्ति हामीले हिँजोको परम्परा सैद्धान्तिक प्रशिक्षण र मुल्य मान्यता अनि संगठनभित्र कम्रेडली भावना हराएको महशुस पनि भएको छ । यस्तै भयो भने राजनीति र लोकतन्त्रले धक्का खान्छ । किनभने यो लोकतन्त्रको स्थापना गर्नको निम्ति पार्टीका धेरै सोझासिधा कार्यकर्ताहरुको पसिना, रगत, भावना र सहभागीता छ । तर, आजभोली यसको विरुद्ध केही व्यक्तीहरु पार्टीलाई र संगठनलाई व्यक्तिको इच्छा र चाहना अनुसार र भजन मण्डलीमा परिणत गर्न खोँिजदैछ । सम्पूर्ण नेता कार्यकर्ताहरुको भावनाको विरुद्धमा छ । त्यसकारण पार्टी ठूलो बनाउनका निम्ति योग्यता विहीन मान्छेहरुलाई पार्टीमा हुलेर अनुशासित र त्याग तपस्या गर्दै जनताका समस्याहरुसँग एकाकार गर्दै पार्टीलाई योगदान दिने मान्छेहरुलाई पाखा लगाउने कामले पार्टीलाई राम्रो ठाउँमा पु¥याउँदैन । त्यसकारण त्यस्ता प्रवृतिबाट जोगाउनका निम्ति कोही न कोहीले काँही न काँही बोल्नैपर्छ र यसले पार्टीको अहित होइन हित नै गर्छ । भोली आउने अनिष्टलाई जोगाउनका निम्ति पार्टीका नेता र वैठकमा समिक्षा गर्न पनि उचित हुन्छ र गर्नु पनि पर्छ ।
तपाईले महेश बस्नेतलाई गुण्डा उत्पादन गर्न उद्धत भएको र संरक्षण पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको भन्नुभएको छ । साँच्चिकै पार्टी र संघ गुण्डाहरुको घर नै भएको हो त ?
हाम्रो काम भनेको कुलतमा फसेका युवाहरुलाई त्यहाँबाट निकाल्नका लागि जनचेतना जगाउनुपर्ने, कुरीतीका विरुद्ध बोल्नुपर्ने, लैगिक तथा जातिय विभेदका विरुद्धमा बोल्नुपर्ने र समृद्ध नेपाल बनाउनका निम्ति राज्यलाई दवाव दिनुपर्ने हाम्रो मूल धेय हनुपर्छ । राष्ट्रियता र यसको संर्वद्धनका निम्ति जुट्नुपर्छ । यसको खास पहरेदार र सचेत हुनुको नाताले राजनीतिमा लागेका र नेकपा एमालेको जुझारु संगठन युवा संघ नेपालले कर्तव्य पालाना गर्न विर्सेर तिनै युवाहरुलाई गलत प्रयोग गर्ने काम भयो भने हाम्रो आन्दोलन अफ्ठ्यारोमा पर्छ । गलत निर्देशन, गलत उद्धेश्य बोकेर युवाहरु माथि खेल्ने काम भयो भने उनीहरुले पाउने उपाधी भनेको माथि भनेको जस्तै गुण्डागर्दी हो । त्यसकारण राजनीति गर्ने भन्दा गराउने भलो भनेजस्तै गलत काम गर्नलाई प्रोत्साहन गर्ने पनि डन नै हुन् । नत्र किन बोक्नुप¥यो । अहिलेसम्म नेपालमा भएको आन्दोलनमा कुन चाँही डनको योगदानले सफल भएको छ ? कोही सहिद भएको छ ? तिनीहरुले समाजलाई विगार्ने काम गरीरहेका छन् मैले भनेको त्यही गतल गर्ने नेता तथा कार्यकर्ताको हामीले भण्डापोर नै गर्नुपर्छ । अब हामी नबोले को बोल्छ ? पार्टी र देशलाई योद्धा चाहिएको छ डन होइन ।
अहिले देशका विभिन्न ठाउँमा प्रशिक्षण भन्दै हिड्नुभएको छ । तपाईका विरुद्ध ओली पक्षका कार्यकर्ता नै लागेका छन् भनिन्छ । के संगठनलाई सही दिशामा हिडाउन सक्छु भन्ने लागेको छ ?
संगठनलाई सही दिशा दिन देशभरीका इमान्दार पार्टीलाई माया गर्ने र पार्टीको भविष्यलाई दिर्घायु बनाउनका निम्ति अहिले एउटा आवाज उठीरहेको छ । उहाँहरुकै आदेशमा हामीले वैचारिक संगठानिक रुपान्तरण अभियान संचालन गर्ने घोषणा गरेका छौं । यो मेची महाकालीसम्म हुनेछ । यसलाई पार्टीको नवौं महाधिसनबाट पारीत गरेको विधी, पद्धती र जुन विचारलाई बोकेर आम युवाहरुकोबीचमा जाने उद्घोष गरेको छ र पार्टीलाई बलियो बनाउने कुरा आम युवालाई प्रशिक्षित गर्ने कुरा र विधिविधान, पद्धति, परम्परालाई बोकेर आम युवाहरुकोबीचमा जुटिरँहदा कसले के बोल्छ भन्ने कुराको प्रवाह गर्न जरुरी छैन । सबैभन्दा पहिले त पार्टी भित्रको वैचारीक, सांगठनिक धारलाई परिस्कृत र धारिलो बनाउनु मूल कुरा हो । त्यसकारण हामी पार्टीलाई सारा नेपाली श्रमजिवी जनताको साझा, प्यारो पार्टी बनाउने अभियानमा मुठ्ठी कसेर कार्यक्षेत्रमा जुटेका छौं ।
तपाईको समुहलाई संघले कारवाही नै गर्ने कुरा छ । त्यसैले तपाईले नेतृत्व नपाएर समानान्तर संगठन बनाउन खोज्नुभएको होला है ?
हामीले विधि विधानको रक्षा गर्दा, पद्धतीको पक्षमा उभिँदा संगठनभित्र व्यक्तिको भजनमण्डली भन्दा बाहिर आएर आम युवाहरुको भावनालाई समेट्न आग्रह गर्दा कारवाही हुनुपर्छ भने कुनै प्रवाह छैन । हामीलाई कारवाही कसले गर्ने हो ? त्यो पनि थाहा हुनुप¥यो । यदी कारवाही नै गर्ने हो भने त्यो हामीले पनि गर्न सक्छौं नी । किनकी उहाँहरुले विधी मिच्नुभएको छ । संगठन सामुहिक होइन लहडमा संचालनमा भाछ । व्यक्तिलाई टिका लगाएर नेता बनाउने काम भएको छ । कारवाही त तिनीहरुलाई गर्नुपर्छ । हामीले पार्टीलाई त्यो जानकारी गराएका छौं । पार्टी र आम जनसमुदायमा पनि यसको बहश सुरु भएको छ । मैले सिनियर उपाध्यक्ष भएका कारण पनि नेतृत्व पाउनुपर्ने हो तर मैले पाउँदा पनि प्रक्रिया चाहिन्थ्यो की चाहिन्थेन ? मूल कुरा प्रक्रिया र पद्धति कै हो ।
ओली नेतृत्वको एमालेले तपाईहरुको कुरा सुनेन भने के गर्नुहुन्छ ?
मलाई लाग्छ नेकपा एमालेका अध्यक्ष आदरणीय कम्रेड केपी शर्मा ओली अव गुटको मात्र नेता हुनुभएन । उहाँ सिङ्गै पार्टीको नेता हुनुप¥यो । पार्टीलाई एकढिक्का बनाउनुका लागि उहाँको अझ बढी पहलकदमी हुनुप¥यो । किनकी पार्टीका अगाडी थुप्रै चुनौतिहरु र अवशरहरु पनि बाँकी छन् । त्यसकारण नेकपा एमालेको नेतृत्व अझ जिम्मेवार हुनुपर्छ भनेर आम युवाहरुले भनिरहेका छन् । कार्यकर्ताले भनिरहेका छन् । यस्तो बेलामा जुन हाम्रो समस्या सुनिएन भने वास्तवमा युवाहरु अन्यौलमा पर्नेछन् । युवा आन्दोलन पनि समस्यामा पर्नेछ र नेकपा एमाले भित्र न्याय हराएछ भनेर मान्छेहरुले विश्लेषण वा समिक्षा गरे भने के हुन्छ ? एकपटक सोच्नका निम्ति अनुरोध गर्छु । तर, मलाई विश्वास छ अव त्यस्तो हुने छैन । हामीले पार्टी नेतालाई पनि जानकारी गराइसकेका छौं ।
अन्त्यमा
अन्त्यमा युवा संघमा जुन घटना घटेको छ । त्यो घटनालाई र हाम्रो आन्दोलनलाई आम जनसमुदाय र युवाहरुकाबीचमा ल्याउन सहयोग गर्नुहुने हटलाइन र तपाइलाई धन्यबाद ।
Comments are closed.