एमाले उम्मेदवार राई चढेको गाडीमा बम प्रहार

 

भोजपुर, २८ कात्तिक  ः भोजपुर प्रदेश खमा नेकपा(एमाले) बाट उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ ।

ट््याम्के मैयुङ गाउँपालिका–६ कोट गुम्बा नजिकै बा १५ च ५६० ड नं को जीपमा १०ः३० बजे बम प्रहार भएको हो । बम प्रहारबाट गाडीको अगाडि क्षति पुगेको छ भने राईको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा सामान्य घाइते हुनुभएको छ ।

नेकपाका कार्यकर्ताले बम प्रहार गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बम प्रहार गर्ने समूहको खोजी गरिरहेको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिनुभयो । (रासस)–––

Comments are closed.