एमाले नेता नेपाल भन्छन्–एमाले सरकार बाहिरिँदैन निर्धक्क हुन प्रधानमन्त्रीलाई नेता आग्रह

पोखरा, २२ फागुन

नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले संविधान निर्माणलाई केन्द्रविन्दुमा राखेर अगाडी बढेका कारण सरकारबाट नबाहिरिने स्पष्ट पारेका छन् ।

प्रेस चौतारी गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले सरकारबाट बाहिरिने र सरकार फेर्ने पक्षमा आफुहरु नभएको स्पष्ट पारे । ‘संविधान निर्माण केन्द्रविन्दुमा छ । सरकारबाट बाहिरिदैन् र फेरीने छैन्’ उनले भने, ‘प्रधानमन्त्रीज्युले निधक्क भएर सरकार चलाउनु भए हुन्छ ।’ एमालेलाई विश्वास गर्ने उनी उनले आग्रह गरे । नेता नेपालले आफ्नै पार्टीका मन्त्रीबाट वाक्कदिक्क भएपनि आफुहरुले सहेको बताउँदै संविधान निर्माण अघि सरकार नफेरीने स्पष्ट पारेका हुन् । उनले स्थानीय निकायको निर्वाचन हुनुपर्ने मागलाई एमालेले जोडदारका साथ उठाउने समेत जिकीर गरेका छन् ।

नेता नेपालले विपक्षि मोर्चालाई अव धेरै यताउता नगरि वार्ता र छलफलमा आउन आग्रह समेत गरे । ‘मैले भनेको हुनुपर्छ भन्ने हैन्, सहमतिको अन्तिम विन्दु खोजौं नभए विमति राखेरै भएपनि संविधान जारी गरौं’, नेता नेपालको विपक्षि मोर्चालाई आग्रह थियो ।

उनले सहमति गर्न ढिलो हुदाँ विभिन्न खाले शक्तिले चलखेल गर्ने र जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने खतरा उत्पत्न हुने भएकाले वार्ता र सहमती कायम गर्न ढिला गर्न नहुनेमा जोड दिए । ढिलो हुदाँ संविधानसभा निरर्थक रहेछ भन्ने जनतामा पर्ने र संविधान सभा तुहिने खतरा रहेको भन्दै विमतिका सानातिना कुरामा अलमलिन नहुने नेपालले बताए ।

‘हामी सवै दल सकारात्मक रुपमा अगाडी बढौं’, उनले भने ‘देशभित्र र बाहिरबाट धमिलो पानीमा माछा मार्ने काम नहोस् ।’ उनले आगामी जेठ १५ लाई आधार मानेर संविधान जारी गर्नुपर्ने राय राखे । पहिल्यै नै प्रचण्ड जीले जेठ १५ आधार मानौं भन्नु भएको थियो अव अन्तिम डेटका रुपमा संविधान जारी प्रतिकात्मक अर्थ हुने बताए । जेठ १५ गणतन्त्र घोषणा भएको दिन भएकाले उपयुक्त हुने उनको भनाई थियो । उनले पूर्व राजासँग कुनै सहमति र सम्झौता नभएको बताउदै गणतन्त्र पछि फेरी राजतन्त्र आउँछ भन्ने सम्भावना नरहेको बताए । ‘राजासँग छलफल गर्ने गिरीजाप्रसाद कोइराला र माधब नेपाल हो । पहिलो ब्यक्ति गिरीजा प्रसाद कोइराला हुनुहुन्न तर माधव नेपाल जिवित छ ।’

Comments are closed.