एमाले पोखरा ३३ का उमेद्वार घरदैलोमा व्यस्त


पोखरा, २१ वैशाख ,
नेकपा एमाले पोखरा महानगरपालिका वडा न ३३ का उमेद्वार विकासका उपलब्धि र भावी योजना सुनाउँदै घरदैलो एवं जनतासंग भेटघाटमा व्यस्त छन् । उनीहरुले बुधबार सो वडाका तल्लो पुडी, उपल्लो पुडी, ठूलो पाखा, छप्ल्यांग लगायतका स्थानमा घरदैलो गर्दै अघिल्लो कार्यकालमा आफ्नो पार्टी नेतृत्वले वडामा गरेका कामको जानकारी दिंदै अब आउने कार्यकालको योजना सुनाएका हुन् ।
सो अवसरमा वडा अध्यक्षका उमेद्वार शिवप्रसाद आचार्यले आफ्नो अर्जुनदृष्टि विकास मात्रै भएकाले समुन्नत र आत्मनिर्भर वडाको निम्ति सो ठाउँमा गरिएका विकासमा कामको चर्चा गरेका थिए । उनले करिब ५० लाखको लागतमा ठूलो पाखा खानेपानी योजना सम्पन्न भएको, ८ किलोमिटर लामो ठूलो पाखा–छप्ल्यांग–आपुकसेरी सडक र करिब ५ किलोमिटर लामो भञ्ज्याङ्–आपुकसेरी सडकको सडकको स्तरोन्नति भएर पिच गर्ने दिशातिर अघि बढेको बताएका छन् । सो क्षेत्रमा २ वटा सामुदायिक भवन निर्माण सम्पन्न भएको उल्लेख गरे ।
आचार्यले नयाँ सिचाइ योजनाको डिपिआर तयार हुँदै गरेको छिट्टै बोलपत्र आह्वाान लागेको भन्दै व्यवसायिक बाख्रा पालनलाई प्रवद्र्धन गर्न बाख्रा पकेट क्षेत्र घोषणा गर्ने योजनामा रहेको जानकारी दिएका छन् ।
उनले तल्लो पुडीमा एमाले नेतृत्व को प्रदेश सरकारले औधोगिक क्षेत्र स्थापना गर्ने गरेर काम अघि बढेको तर पछिल्लो सरकारका कारण स्थगित भएको बताए । उनले आफूले जिते पश्चात् रोकिएको उक्त कार्य जुनसुकै हालतमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । प्रस्तावित औधोगिक ग्राममा अव्यवस्थित रुपमा बसोबास गरेका भुमिहीनलाई उचित मुआब्ज सहित व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
आचार्यले अबको ५ वर्षमा पुर्ण भौतिक पुर्वाधार विकासको लक्ष्यका साथ समृद्ध वडा निर्माणमा अघि बढेकाले सो काम पूरा गर्न एकपटक फेरि सुर्यमा मतदान गरी अवसर प्रदान गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा महिला सदस्य पदका शान्ति पाध्या, दलित महिला सदस्य पदका लिलादेवी नेपाली, सदस्य पदका विनोद भण्डारी, शंकरबहादुर अधिकारी, एमाले जिल्ला कमिटी सदस्य किसान सुनार, एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, साविक भरत पोखरी गाविस अध्यक्षद्वय यज्ञप्रसाद अधिकारी, गोपाल पुन, युवा संघ ३३ का अध्यक्ष केशव आचार्य लगायतले जनताको रोजाइ एमाले नै हुने बताएका छन् ।

 

Comments are closed.