एमाले र रविन्द्र कहिल्यै भुल्न सकिदैंन


पोखरा,
त्यो बेला निर्मलपोखरी र कृष्ती गाविस थिए । ग्रामीण क्षेत्र कच्ची बाटो (धुलाम्य) । विद्यार्थी बिहान सेतो सर्ट लगाएर बेलुका घर फर्किंदा सर्टको रङ नै धमिलो हुने । गृहिणी बिहान पानी लिन गयो भने आधा दिन जान्थ्यो । दशकौं यस्तै दुख झेलेका त्यहाँका बासिन्दाले तब मुक्ति पाए, जब त्यो डाँडाले रविन्द्र अधिकारीलाई नेताको रुपमा पायो । दुवै भेग गाविस वडा हुँदै अहिले एउटै वडा भएको छ । पोखरा–२१ नेकपा एमालेको ‘लाल किल्ला’ । त्यही वडामा एमालेको चुनावी कार्यक्रम चल्दै थियो । खाने पानी र बाटोको समस्या सुल्झाउने तिनै स्वर्गीय रविन्द्र अधिकारीलाई भावुक हुदै गुरुप्रसाद अधिकारीले सम्झिए । ‘यो ठाँउलाई बनाएको उनै रविन्द्र र एमालेले नै हो,’ उनले भने, ‘रविन्द्र गए, नत्र अझै कति गर्थे ।’ अधिकारीले रविन्द्रको योगदान नभुल्न सबैलाई अनुरोध गरे । ‘रवीन्द्र नभए पनि उनको पार्टी एमाले छ, हामी ढुक्क छौं,’ उनले थपे, ‘एमालेले नै दिएको वृद्ध भत्ता अहिले हामीले सजिलै पाएका छौं ।’
एमालेको काम देखेर रविन्द्रको पालामा एमालेमा प्रवेश गरेको कृष्णबहादुर परियारले सुनाए । ‘म पहिला माओवादीको मान्छे थिएँ, एमालेले राम्रो काम गरेको देखेर रविन्द्रको पालामा प्रवेश गरें ।’ विगत सम्झदै परियारले भने, ‘रविन्द्रले राम्रो काम गरे अझै कति योजना थियो होला, योजना पनि उनीसँगै बिलाए । अरु पार्टीको आश छैन, एमालेले नै हो यो ठाँउमा गर्ने ।’
एमालेकै कारण पोखरा–२१ मा विकास सम्भव भएको दण्डपाणी अधिकारीले बताए । ‘पहिला धेरै दुख पाएका थियौं, अहिले सजिलै हिड्न पाएका छौं ।’ उनले पिच बाटो देखाउँदै भने, ‘यो बाटो बनाएकै रविन्द्रले हो, ती बाबुले धेरै गरे । हामी अब अरु पार्टी सोच्नै सक्दैनौं । एमालेलाई यो ठाँउमा कसैले पनि हराउन सक्दैन ।’ अहिलेको चुनाव मात्र नभएर कुनै पनि चुनावमा एमालेले नै विजय हासिल गर्ने कली अधिकारीले दावी गरिन् । ‘रविन्द्रले धेरै काम गरेर गए अहिले पनि हामी एमालेकै भरमा छौं ।’ उनले भनिन्, ‘आशामा सूर्य रहुन्जेल यो ठाँउले सूर्य मै भोट हाल्छन्् ।’
नेकपा एमालेले काम गरेकै भरमा वृद्ध÷वृद्धा, युवा÷युवती किशोर÷किशोरीको मन जितेको नेकपा एमाले पोखरा–२१ वडा कमिटीका अध्यक्ष राजेन्द्र थापाले बताए । ‘हाम्रो जित्ने मात्र लक्ष्य होइन भारी मत अन्तरले जित्नु छ,’ उनले भने, ‘पहिला पनि वडा अध्यक्षमा १५ सय र मेयरको हक २ हजार बढी मतले हाम्रो पार्टीले जितेको थियो,’ उनले सुनाए, ‘यस पटक त झन् धेरै मत अन्तर हुन्छ ।’ पोखरा–२१ ले विश्वास गरेको पार्टी मात्र एमाले रहेको थापाले दावी गरे । ‘एमालेको विकल्पमा कुनै पार्टी थिएन, छैन र हुँदैन पनि,’ उनले भने, ‘अरु पार्टीले गफ मात्र दिन्छन््, एमाले सधै जनताको सुख दुखमा घरघर पुग्छ ।’

Comments are closed.