एशियन जुनियर अनलाईन चेस च्याम्पियसिपमा नेपाल

एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिप २०२० मा नेपालले सहभागिता जनाएको छ ।

कोभिड १९ ले बिश्वलाई अक्रान्त बनाईरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीहरुलाई क्रियासिल गर्दै मानसिक पिडाबाट मुक्त गराउँदै स्वस्थ बनाउने उद्धेश्यले बुधबार २७ मे देखि ४ जुन सम्म संचालन हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष तर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्स तर्फ खुस्बु थापा, अनिषा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराएकी छिन् ।

प्रतियोगिता स्विस प्रणाली अन्तरगत ९ चरणको हुने छ । ३.२ जोन अन्तरगत हुने प्रतिस्पर्धामा नेपाल लगायत बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स गरि ५ राष्ट्रले सहभागिता जनाउने छन् । च्याम्पियनसिपमा प्रत्येक राष्ट्रका तीन पुरुष र तीन महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउने छन् । च्याम्पियनसिपमा फिडेका ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरि ६ जोनका छनोट चरणका खेल हुने छन् । प्रत्येक जोनमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाईनल चरणका लागि छनोट हुने छन् । फाईनल चरण पनि स्विस प्रणालीमानै ९ चरणकै हुने आयोजकले जनाएको छ । छात्रा तर्फ शिर्ष तीन फाईनल चरणका लागि छनोट हुने छन् । खुला जुनियर शिर्ष तीन भित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाईनल चरण दुई मध्ये एक छान्न पाउनेछन् र यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्नेे खेलाडी जुनियर फाईनल चरणका लागि छनोट हुने छन् । फाईनल चरण पनि स्विस प्रणाली अन्तरगत ९ चरणकै हुने आयोजकले जनाएका छन् ।

नेपाल रहेको जोनको प्रतियोगिता बंगालादेश समय अनुसार बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म हुने छ । प्रत्येक खेलाडीहरुले प्रतियोगिता सुरु हुनु अगावै अनलाईनमा दर्ता हुनु पर्ने छ । प्रतियोगिता सुरु भए पश्चात कुनै पनि खेलाडीलाई प्रतिस्पर्धामा सामेल गराईने छैन । खेलाडीहरुले प्रतिस्पर्धा समय सम्म अनलाईनमानै रहनु पर्ने छ । कुनै पनि खेलाडीहरुले आर्बिटरको अनुमति बेगर आफ्नो कुर्सी छोड्न पाउने छैनन् ।

बिजेतालाई एशियन जुनियर (छात्रा) अनलाईन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शिर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर, स्वर्ण, रजत र कास्य, तथा प्रमाण पत्र प्रदान गरिने छ । यस्तै महिला तर्फ शिर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कारका सहित स्वर्ण, रजत र कास्यका साथै प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै नेपाल चेस संघले बैकल्पिक खेलाडीहरुलाई अनलाईनल मार्फत हुने च्याम्पियनसिपलाई अध्यन गर्न र अनलाईन मार्फतनै जुनियर खेलाडीहरुलाई विभिन्न प्रशिक्षण कार्यक्रमका साथै युथ ईम्पावरमेन्ट सेमिनार पनि संचालन गरिरहेको छ ।

Comments are closed.