एसएमएस पठाउँदा बोनस पाइने हल्ला निराधार

काठमाडौ, वैशाख १५ – नेपाल टेलिकमले हेल्पलाइन नम्बरको सूचनासहित आउने एसएमएस अन्यलाई पठाउँदा कुनै बोनस नपाइने जनाएको छ । सोमबारबाट टेलिकम प्रयोगकर्ताबीच भुकम्प हेल्पलाइन नम्बर राखिएको एसएमएस अन्य २५ प्रयोगकर्तालाई पठाउँदा ३ सय २५ रुपैयाँ बोनस पाइने हल्ला चलेपछि मंगलबार टेलिकमले विज्ञप्ती जारी गरेको हो ।

हल्लाका कारण धेरैले एसएमएस पठाउँदा नेटवर्कमा समस्या पैदा हुनसक्छ । दुरसंचार सेवाप्रदायकले धेरै लामो र अनावश्यक कुराकानी मोबाइलबाट नगर्न पनि अनुरोध गरेका छन् । टेलिकमले भुकम्प पीडितको उद्धारका लागि गृह र सूचना तथा संचार मन्त्रालयको समन्वयमा १२१३ नम्बरको हटलाइन संचालनमा ल्याएको छ ।

Comments are closed.