· ७१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
· ३१ जनाको रोकियो
· प्राविधिकको नतिजा एकसातापछि
कास्कीमा एसएलसी परीक्षाको नतिजा क्रमशः सुध्रिँदै गएको छ । गतबर्ष लिईएको प्रवेशिका अर्थात्, एसएलसी परीक्षामा कास्कीबाट ७१ दशमलव ९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यो गएको बर्षको नतिजा भन्दा ३ दशमलव ५ प्रतिशतले बढी हो भने राष्ट्रिय नतिजा भन्दा २४ दशमलव ४७ प्रतिशतले बढी हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभर भने ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यो वर्षको एसएलसी परीक्षामा देशभरबाट ५३.९४ प्रतिशत पुरुष र ४४.९६ प्रतिशत महिला परीक्षार्थी उत्तीर्ण भएका हुन् । यो बर्ष गत बर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।
यसबर्ष देशभरबाट पाँच लाख ७४ हजार ६ सय ८५ परिक्षार्थी सहभागि थिए । परिक्षाको लागि देशभर एक हजार ८ सय ६२ परिक्षा केन्द्र तोकिएको छ ।
पश्चिमाञ्चल विकास क्षेत्रबाट भने एक लाख दुई हजार ६ सय ४७ परिक्षार्थी सहभागि रहेको क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले जनाएको छ । पश्चिमाञ्चलका सबै जिल्लाको नतिजा प्राप्त भैनसकेको निर्देशनालयका खेम पौडेलले जानकारी दिए ।
कास्कीबाट यसपटकको एसएलसी परीक्षामा नियमिततर्फ विशिष्ठ श्रेणीमा १ हजार १ सय ९८, प्रथम श्रेणीमा ४ हजार २ सय ७, द्धित्तीय श्रेणीमा एक हजार ४ सय ३३ र तृत्तीय श्रेणीमा २९ जना उत्तिर्ण भएका कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्यले जानकारी दिए । ३१ जनाको परीक्षा भने रोकिएको छ ।
पूरकतर्फ भने करिब ३० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका उनले बताए । कास्कीबाट नियमिततर्फ प्राविधिक ६२ सहित ९ हजार ५ सय ५८ र एक्जाम्टेड तर्फ एक हजार एक सय ८९ तथा प्राविधिक परीक्षार्थी सहभागि भएका थिए ।
कास्कीबाट गतबर्ष ६८ दशमलव ८५ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए भने अघिल्लो बर्ष ६७ दशमलव ५ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए । योबर्ष २ वटा केन्द्र थपि २९ वटा परिक्षा केन्द्र तोकिएको थियो ।
प्राविधिकतर्फको नतिजा भने करिब १ सातापछि मात्रै प्रकाशन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
शुक्रबार अबेरसम्म पोखरा हटलाईनलाई प्राप्त जानकारी अनुसार गण्डकी आवासिय विद्यालय लामाचौरबाट १ सय १८ जना सहभागि भएकोमा ९७ जना विशिष्ट श्रेणी र २१ जना प्रथम श्रेणीसहित सबैजना उत्तिर्ण भएका छन् । जसमा १६ जनाले ९० प्रतिशतभन्दा बढी अंक ल्याउन सफल भएका छन् । उक्त विद्यालयबाट सहभागि सन्तोष कार्कीले ९२.७५ प्रतिशत अंक ल्याउन सफल भएका छन् । यसपटकको एसएलसीमा कास्कीबाट कार्कीले नै सबैभन्दा बढी अंक प्राप्त गरी कास्की प्रथम भएको विद्यालयले दावी गरेको छ ।
यसैगरी, शिशु निकेतन उच्च माविका एक छात्रले ९१.६२ प्रतिशत, कुमुदिनी होम्सका अर्का विद्यार्थीले पनि ९१.६२, स्टेप बाई स्टेप उच्च माविका विद्यार्थीले ९१.२५ प्रतिशत अंक ल्याउन सफल भएका छन् ।
फिष्टेल एकेडेमीमा ६२ जना सहभागि भएकोमा २५ जना विशिष्टसहित सबै विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै, डायमण्ड उच्च माविबाट ७८ जना सहभागि भएकोमा ९ जना विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् ।
यस्तै, हिमालयन बोर्डिंग स्कूलबाट ३२ जना सहभागि भएकोमा ११ जना विशिष्ट श्रेणीसहित सबैजना उत्तिर्ण, मदरल्याण्ड उच्च माविबाट ४५ जनामध्ये १४ जना विशिष्टससहित सबैजना उत्तिर्ण, अन्नपूर्ण उच्च माविबाट ४० जना सहभागि भएकोमा ९ जना विशिष्टसहित बाँकी सबै प्रथम श्रेणीमा, नेपाल आदर्श उच्च माविबाट ७० जना सहभागि भएकोमा १३ जना विशिष्टसहित बाँकी सबै प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् ।
यस्तै, प्यारामाउण्ट स्कूलबाट ३४ जना सहभागि भएकोमा ७ जना विशिष्टसहित २० जना प्रथम श्रेणीमा उत्तिर्ण भए । यस्तै, प्रतिभा उच्च माविबाट ३४ जना सहभागि भएकोमा १० जना विशिष्टसहित २२ जना प्रथम श्रेणी र २ जना द्धितिय श्रेणीमा उत्तिर्ण भए । शान्तिनिकुञ्जबाट ३५ जना सहभागि भएकोमा ४ जना विशिष्टसहित २८ जना प्रथम श्रेणी र ३ जना दोश्रो श्रेणाीमा, स्पाईरल ग्यालेक्सीबाट २० जना सहभागि भएकोमा ३ जना विशिष्टसहित १७ जना प्रथम श्रेणीमा, स्टेप बाई स्टेपबाट ६९ जना सहभागि भएकोमा ८ जना विशिष्टसहित सबै उत्तिर्ण, भाष्कर मेमोरियलबाट २८ जना सहभागिमध्ये ८ जना विशिष्टसहित शतप्रतिशत उत्तिर्ण, बिएमजीबाट ३२ जना सहभागिमध्ये ५ जना विशिष्टसहित बाँकी सबै उत्तिर्ण भएका छन् ।
यस्तै, ज्योतिकुञ्जबाट ५६ जना सहभागिमध्ये ५ जना विशिष्टसहित ४४ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् । करुणानिधिबाट ६५ जना सहभागिमध्ये १७ जना विशिष्टसहित बाँकी सबै प्रथम श्रेणीमा, कुमुदिनी होम्समा ८२ जनामध्ये ३१ जना विशिष्ट श्रेणीसहित बाँकी सबै उत्तिर्ण, लिटिल स्टेपबाट ४४ जना सहभागिमध्ये २ जना विशिष्टसहित, ३५ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् ।
यस्तै, टप्स उच्च माविबाट ४७ जना सहभागि भएकोमा ५ जना विशिष्टिसहित ३५ जना प्रथम श्रेणीमा, न्यू मिलिनियमबाट ३३ जना सहभागि भएकोमा १४ जना विशिष्ट श्रेणाीसहित बाँकी सबै प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् । यस्तै, स्पाईरल ग्यालेक्सीबाट २० जना सहभागिमा ३ जना विशिष्टसहित बाँकी १७ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् ।
दृष्टिविहीन र सुस्तश्रवण सबै उत्तिर्ण
कास्कीबाट एसएलसी परीक्षा दिएका दृष्टिविहीन तथा सुस्तश्रवण सबै विद्यार्थीहरु उत्तिर्ण भएका छन् । कास्कीको एकमात्रै बहिरा विद्यालय सिर्जना बहिरा माविबाट १२ जना परीक्षार्थी सहभागि भएकोमा ४ जना प्रथमसहित बाँकी ८ जना द्धितिय श्रेणीमा उत्तिर्ण भएका छन् । यसैगरी, लेखनाथको भण्डारढिकमा रहेको जनप्रकाश उच्च माविबाट सहभागि २ जना दृष्टिविहीन विद्यार्थीमध्ये दुई जना नै प्रथम श्रेणाीमा उत्तिर्ण भएका छन् । यसैगरी, अमरसिंह उच्च माविबाट सहभागि ८ जना दृष्टिविहीन विद्यार्थीमध्ये ७ जना प्रथम र १ जना द्धितिय श्रेणाीमा उत्तिर्ण भएका छन् ।
Comments are closed.