एसएलसी प्राविधिकतर्फको नतिजा सार्वजनिक

 काठमाडौं, असार १३ – एसएलसी प्राविधिकतर्फको नतिजा सार्वजनिक भएको छ । एसएलसी नतिजा सार्वजनिक भएको एक सातापछि प्राविधिकतर्फको पनि नतिजा सार्वजनिक भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ए प्लस ग्रेडमा २१५ जना उत्तीर्ण भएका छन् । ए ग्रेडमा ७७९, बीमा २१३१ सीमा १२४ डीमा १ जना उत्तीर्ण भए । ई ग्रेड कसैले पाएनन् । सी वा सीभन्दा तलकाे ग्रेड ल्याएका विद्यार्थीले ग्रेड चित्त नबुझेकाे विषयमा पुन: परीक्षा दिन पाउने छन् । पुरक परीक्षा साउन २० गतेदेखि सुरु हुने छ ।

Comments are closed.