एसिड प्रहार घटनाको छानबिन प्रहरीले आज सार्वजनिक गर्ने –

काठमाडौं : एसएलसीको ट्युशन पढ्न गएका दुई छात्रामाथि एसिड प्रहार गर्ने घटनाको अनुसन्धान प्रगति प्रहरीले शुक्रबार सार्वजनिक गर्ने भएको छ। अनुसन्धानबाट देखिएका तथ्य सार्वजनिक गर्न आजै पत्रकार सम्मेलनको आयोजना गरेको छ।  प्रहरीको विशेष टोलीले तीन साता लामो अनुसन्धानपछि प्रगति विवरण सार्वजनिक गर्न लागेको हो।
महानगरीय प्रहरी प्रमुख एआइजी विज्ञानराज शर्माले एसिड आक्रमण घटना अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्न लागेको बताए। उनले अन्नपूर्णसँग भने, प्रहरी चुप लागेर बसेको छैन। यतिका दिनसम्म प्रहरीले के के गर्‍यो भन्ने कुरा आज सार्वजनिक हुन्छ।’
 
महागुन १० गते राजधानीको केन्द्र बशन्तपुरस्थित एक ट्युशन सेन्टरमा पढ्दै गरेका सिमा बस्नेत र संगिता मगरलाई एसिड प्रहार गरी घाइते बनाइएको थियो । दुवैको अहिले अस्पतालमा उपचार भइरहेको छ। एसिड प्रहारबाट घाइते सीमाले बुधबार प्रधानमन्त्रीलाई चार पृष्‍ठ लामाे पत्र लेख्दै अभियुक्तलाई पक्राउ गरी फाँसी दिन माग गरेकी थिइन् । 

 

Comments are closed.