एसियन गेम्स पुम्सेका तालिमका लागि तेक्वान्दो प्रशिक्षक कोरिया प्रस्थान

 

काठमाडौँ । इन्डोनेसियामा हुने एसियन गेम्सका लागि छनोट भएको पुम्से तालिममा सहभागी हुन जाने नेपाली तेक्वान्दो प्रशिक्षक टोली बिहिबार दक्षिण कोरिया प्रस्थान गरेका छन् । जाकार्तामा हुने एसियन गेम्समा तेक्वान्दोको पुम्से विधा पहिलो पटक समावेश गरीनेछ । जसमा एसियन गेम्सका लागि हुने नयाँ पुम्सेमा नेपालका तेक्वान्दो सस्थापक दिपराज गुरुङ पुम्से विज्ञको रुपमा यसअघि चूनिएका थिए ।

उनिहरुलाई बिहिबार जाउलाखेलमा आयोजितक एक कार्यक्रममा नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकास सम्सेर राणा, सघंका महासचिव दिपराज गुरुङ र तेक्वान्दो सघंका केन्द्रिय सचिवालय प्रमुख गोविन्द शर्माले विदाई गरे । दक्षिण कोरियाको मुजु शहरमा हुने नयाँ पुम्से तालिममा नेपालका तीन तेक्वान्दो प्रशिक्षकले प्रशिक्षण लिनेछन् । एसियन तेक्वान्दो यूनियन(एटियू)को आयोजनामा हुने नयाँ पुम्से तालिम सेप्टेम्बर १९ देखि २४ सम्म हुनेछन् । एसियाको सबै देशबाट सहभागीता रहने पुम्से तालिममा नेपाल तेक्वान्दो सघंका केन्द्रिय सदस्य कविराज खड्गी,रुपन्देही जिल्ला तेक्वान्दो कार्यसमितीका अध्यक्ष प्रकाशमान राज भण्डारी र ललितपुर जिल्ला तेक्वान्दो कार्यसमितीका वरिष्ठ उपाध्यक्ष दिल महर्जनले प्रशिक्षण लिनेछन् ।

Comments are closed.