पोखरा २१ चैत । उपल्लो रातोपैहं्रा टोल विकास संस्था पोखरा १७ रातोपैह्रामा आज सम्पन्न भेलाले खडानन्द बरालको अध्यक्षतामा ११ सदस्यीय ओमकारेश्वर महादेव मन्दिर संरक्षण समिति गठन गरेकोछ ।सो समितिको उपाध्यक्षमा विष्णु तिमिल्सिना,सचिवमा भीमप्रसाद सुवेदी,सहसचिवमा सरास्वती सिग्देल, कोषाध्यक्षमा विष्णुप्रसाद शर्मा तथा सदस्यहरुमा लक्ष्मण कार्की,जिवनाथ देवकोटा,दुर्गाप्रसाद आचार्य,सरिता प्रधान,देव वहादुर विक र धनवहादुर गुरुङ रहनु भएकोछ ।
भेलाले बैकुण्ठ जि.सी.,दण्डपाणी आचार्य ,भगवान पन्त र कान्छा कुमार जलाहारी रहनु भएको एक सल्लाहकार समिति समेत गठन गरेकोछ । नेकपा एमाले १७ का अध्यक्ष सुभाष ढुङगानाले सभासद रविन्द्र अधिकारी संंसद विकास कोषवाट ३० हजार उपलव्ध गारउने जानकारी दिदै यस क्षेत्रको विकास निर्माण एक जुट भएर लाग्न सवैलाई आग्रह गर्नुभयो ।
टोल विकास संस्थाका अध्यक्ष अडानन्द बरालको अध्यक्षतामा सम्पन्न सो भेलामा रातोपैह्रा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरि वास्तोला, समाज सेवी वैकुण्ठलाल जि.सी.भगवान पन्त,दण्डपाणी आचार्य,घारीपाटन टोल विकास संस्थाका अध्यक्ष रन्जिता सुवेदी,भीमप्रसाद सुवेदी लगायतले वोल्नु भएको ्िथयो । धार्मिक एवं पर्यटकीय महत्व बोकेको सो मन्दिर रातोपैहां सामुदायिक वन समुह भित्र पर्दछ ।
Comments are closed.