ओमको मुनाफा साढे १२ करोड

पोखरा ४ बैशाख ।पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको ओम फाईनान्स लिमिटेडले चालु आ.व.को चैत्र मसान्तसम्म १२ करोड ५९ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

फाईनान्सले चैत्र मसान्तसम्म ४ अर्ब ३७ करोड निक्षेप संकलन गरि ३ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । कम्पनीको कर्जा निक्षेप अनुपात ७६ प्रतिशत, पुँजी पर्याप्तता १३.५ प्रतिशत र निष्क्रिय कर्जा ०.८ प्रतिशत रहेको फाईनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले जानकारी दिए ।

फाईनान्सको पोखराको भैरवटोल र रामबजार, तनहुंको दमौली, लमजु·को बेशिशहर, काठमाण्डौको बागदरबार, महाराजगञ्ज, ललितपूरको कुमारीपाटी र भक्तपूरको गोलमढीमा शाखाहरु सञ्चालनमा छन् । कम्पनीले ग्राहकहरुलाई निशुल्क एबिबिस, एसएमएस बैंकि· तथा मोवाईल बैंकि· सुविधा दिंदै आएको छ ।

Comments are closed.