ओममा संस्थापक शेयरधनीको ५१ र सर्वसाधारणको ४९ प्रतिशत

अाेमले गर्‍याे विशेष साधारणसभा

पाेखरा ३१ जेठ

ओम फाईनान्स लिमिटेडमा संस्थापक शेयरधनीको ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत स्वामित्व कायम हुने भएको छ । बैंकले शनिबार विशेष शाधरण सभामार्फत स्वामित्व गर्ने गरी परिवर्तन गर्न र सो गर्न प्रवन्धपत्रमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेकोे हो ।

विशेष साधारणसभाले वित्तिय संस्थाको पुंजीको शेयर स्वामित्व परिवर्तन गर्न र सो प्रवन्धपत्रमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी गरेको बैकले जनाएके छ । हालको शेयर स्वामित्व संस्थापक शेयरधनीको ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४० प्रतिशत रहेको छ ।11428051_10205430798583974_5104195622874211732_n

सभामा बोल्दै अध्यक्ष सुशील कुमार गोशलीले कम्पनी मर्जरको लागि सकरात्मक रहेको र उपयुक्त मर्जर पार्टनरसँग मर्जर गर्ने कम्पनीको पहिलो प्राथमिकता रहेको बताए । तर, मर्जरमा जान नसके कम्पनी आफैंले हकप्रद शेयर निष्काषन गरि पुंजी बृद्धि गर्ने योजना रहेको जानकारी गराए । फाइनान्स कामना विकास बैंकसँग मर्जरमा जाने प्रकृयामा छ ।

बैंकले चालु आब को चैत्र मसान्तसम्ममा १२ करोड ५९ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । चैत्र मसान्त सम्म फाईनान्सले ४ अर्ब ३७ करोड निक्षेप संकलन गरी ३ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । कम्पनीको कर्जा निक्षेप अनुपात ७६% पुँजि प्रर्याप्तता १३.५ प्रतिशत र निष्कृया कर्जा ०.८ प्रतिशत रहेको छ ।

बित्तिय क्षेत्रमा सर्वसाधरण जनताहरुको पंहुचमा बृद्धि गर्नको लागि हामीले तत्कालिन अवस्थामा कृषि कर्जा, शैक्षिक कर्जा तथा बिपन्न कर्जाहरुको सेवा दिदै आईरहेका छौं । भोलीका दिनहरुमा सर्वसाधरण जनताहरुलाई प्रत्यक्ष रुपमा लाभ हुन सक्ने र बित्तिय पंहुच बढ्न सक्ने किसिमका अन्य प्रभावकारी कार्यक्रहरुसमेत सञ्चालन गर्ने सोचमा रहेको प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले जानकारी दिए ।

ओम फाईनान्सले सामाजिक उत्तर दायित्वका कार्यहरुलाई पनि उत्तिकै महत्व दिदै आईरहको मल्लले जनाएका छन् । ‘हामीले प्रत्येक बर्ष, ब्लड डोनेसन, बृक्षारोपण, गरिव तथा जिहेन्दार विद्यार्थिहरुको लागि छात्रबृति कार्यक्रम सञ्चालन गर्दै आएका छौं’ मल्लले भने ‘गत बर्ष विन्ध्यवासीनी मन्दिरमा एम्बुलेन्स सेवाको लागि रु १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छौ ।’

Comments are closed.