ओलीले दुनियाँ हँसाएः देउवा

Sher_Bahadur_Deubaपोखरा २२ कार्तिक
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर जम्मो उपप्रधानमन्त्री वनाएर प्रधानमन्त्री केपी ओलीले देशलाई वोझ थपाउने काम गरेको बताएका छन् । उनले ओलीले उपप्रधानमन्त्रीको रेकर्ड बनाएर दुनियाँ हँसाउने काम गरेको समेत वताए ।  गणेशमान सिंह फाउण्डेसन कास्कीद्धारा शनिवार आयोजित ‘राजनेता र गणेशमान सिंहको भूमिका’ विषयक कार्यक्रमको पोखरामा उद्घाटन गर्दै उनले अहिलेको विषम परिस्थितिमा कार्यकर्ताहरुलाई विचलित नभई सक्रीय वन्न आग्रह गरे ।
नेता देउवाले देशमा जव संकटको घडि आउँछ तव गणेशमान सिंहको खोजी हुने गरेको वताउँदै निष्ठाको राजनीतिमा गणेशमानको भूमिकाको प्रशंसा गरे । अहिलेका कांग्रेसहरुले गणेशमानवाट पाठ नसिक्दा देशमा लोकतन्त्र कमजोर हुन थालेको उनले वताए । कांग्रेसको इतिहास गतिलो आधारमा भएको हुनाले नै कांग्रेसको जिम्मेवारी र भूमिका देशलाई आवस्यक परेको देउवाको भनाई छ ।

नेता देउवाले नेपाली कांग्रेस इतिहाँस भएको पार्टी भएको भन्दै कसैले सकियो भन्दैमा सकिने र कसैले पगरी गुथाउँदैमा हौसिने पार्टी नभएको दाबी गरे । उनले भारतले नेपालमा अप्ठेरो वनाएर नेपाली जनतालाई दुःख दिन थालेको समेत वताए । यस्तो अवस्थामा गठन भएको सरकार ढाल्न कांग्रेस नलाग्ने वताउँदै उनले यो सत्ता आफै ढल्ने वताए ।

गणेशमान फाउण्डेशन कास्कीका अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाल, महादेव गुरुङ, यज्ञवहादुर थापा, शुक्रराज शर्मा, उपाध्यक्ष भोजवहादुर गुरुङ र सचिव मुक्तिराम अधिकारीले आ आफ्ना भनाई राखेका थिए ।

Comments are closed.