ओलीले विदेशी शक्तिसमक्ष आत्मसमर्पण गरे ः प्रचण्ड

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन् । बुधबार सल्यानमा आयोजित एक कार्यक्रममा प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको जिकिर गरेका छन् ।
केपी ओलीले संविधान च्यात्ने काम सुरु गरेको उनको अ‍ारोप छ । कम्युनिस्ट पार्टीका नेताहरू कम्युनिस्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाए ।
“केपी ओली नामको व्यक्तिद्वार संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्द्धिको सपना किल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो,“ उनले भने ।
त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले–एमाले र माओवादी–माओवादी भनेर भन्न नुहेने कुरा गरेको प्रचण्डको दाबी छ ।
उनले अब जनताको तागतले नै आफू काठमाडौंमा बसेर शक्ति निर्माण गर्ने पनि बताए । अनलाइन खबर

Comments are closed.