पाेखरा २० कार्तिक
पूर्व प्रधानमन्त्री तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधामन्त्री आफ्नै बोधले कमजोर हुन लागेको बताएका छन् । ओली नेतृत्वको सरकारले धान्नै नसक्ने गरी ६÷६ जना उपप्रधानमन्त्री बनाएर आफ्नै बोझले कमजोर हुने बताएका हुन् । शुक्रबार प्रेस युनियन कास्कीद्वारा स्थापित प्रेस युनियन पत्रकारिता पुरस्कारको वितरण कार्यक्रममा बोल्दै देउवाले सरकार टिकाउन इतिहासमै धेरै उपप्रधामन्त्री गराएका ओलीले जनताका लागि नयाँ काम गर्न नसक्ने बताएका छन् । ‘ओली सरकारलाई कांग्रेस लगायतका बाहिर रहेका अन्य दलले केही गर्ने पर्दैन’, नेतथा देउवाले भने, ‘उनी आफैं गिर्दै जाने छाँट देखाएका छन् ।’
नेता देउवाले केही मधेसवादी दलहरूको आन्दोलनप्रति मधेसी जनताकै चित्त नबुझेको बताए । भन्सार नाकामा धर्नामा बसेर नेपाली जनताको औषधि, इन्धन, ग्यास रोकेर र विद्यालय बन्द गरेर नेपालीको मात्र नभई मधेसकै हित र जित नहुने उनको भनाइ थियो । ‘अरूलाई दुःख दिएर मधेसीको हित हुँदैन,’ उनले भने, ‘सर्वसाधारण नेपालीलाई दुस्ख दिएको मधेसी जनतालाई नै चित्त बुझेको छैन ।’ उनले मधेश आन्दोलन समाधानका लागि सकारले कुनै कदम नबढाएको बताए । ‘सरकार मधेशको मुद्धा समाधान गर्ने बाटोमा लागेको छैन’, देउवाले भने, ‘जनतालाई राहत र देशको अवस्था सुधान गर्न पनि त्यसको समाधानमा सरकार गम्भीर भएर लाग्नुपथ्र्यो ।’
२०४५ सालमा हतियारका विषयमा भारतले नाकाबन्दी लगाए पनि अहिले बिनाकारण नाकाबन्दी भएको उनले बताए । अहिले नेपालीले भारतलाई असर पुग्ने त्यस्तो कुनै काम नगरेको भन्दै उनले नेपाली जनतालाई दुस्ख नदिन भारत सरकारसमक्ष अनुरोध गरे । ‘नाकाबन्दी हटाउन भारत सरकारसमक्ष अनुरोध गर्छु,’ उनले भने, ‘नेपाल सरकारले पनि पहल गरोस् ।’
देउवाले पार्टी सभापति सुशील कोइरालाप्रति इंगित गर्दै इमान्दारितासाथ जिम्मेवारी पूरा गर्नुपर्ने बताए । ‘प्रधानमन्त्रीको चुनावमा लड्ने भएपछि संविधान बनेको भोलिपल्टै उम्मेदवारी घोषणा गरेको भए जित्न पनि सकिन्थ्यो,’ उनले भने, ‘चुनावको अघिल्लो दिन लड्छु भनेर हुन्छ ? सुशील कोइराला बच्चा हो र मैले उकास्ने ?’
कहिले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री दिने सहमति भएको भन्ने कहिले हैन भन्ने कुराले पार्टीको हित नहुने उनले बताए । कांग्रेस प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले काँग्रेस बिना अन्य दलले अहिलेको समस्या समाधान र देशलार्य सही दिशामा लान नसक्ने बताए । नेपाली कांग्रेसकी सांसद शारदा पौडेलले कांग्रेसकै कारण धेरै दलहरु अहिले सरकारमा आटाएको बताईन् । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले अहिले मुलुक ठुलो संकटमा रहेको भन्दै उनले चुनावमा पहिलो भएर पनि काँग्रेस प्रतिपक्षमा बस्न पुग्नु राम्रो नभएको बताए ।
पराजुली पुरस्कृत![samman]()
प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट गंगाधर पराजुली पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित पुरस्कार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, प्रचार विभाग प्रमु्ख डा. मिनेन्द्र रिजाल, प्रेस युनियन कास्की अध्यक्ष शिरोमणि बराल लगायतले प्रदान गरे । ३५ हजार पाँच सय ५५ रुपैयाँ नगद सहित सम्मानपत्र र दोसल्ला ओढाई पराजुलीलाई सम्मान गरिएको हो ।
यस्तै, युनियन कास्कीले सञ्चार क्षेत्रको लोकतान्त्रिकरणमा योगदान पु¥याएको भन्दै पूर्व सूचना तथा सञ्चार मन्त्री रिजाल र राष्ट्रिय स्तरको सञ्चार उद्यमी भएर योगदान पु¥याएकोमा सगरमाथा टेलिभिजनका निर्मल गुरुङलाई सम्मानपत्र प्रदान ग¥यो । युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट पहिलो पुरस्कार पराजुलीलाई प्रदान गरेको हो ।
सम्मानित पराजुलीले सम्मानले आफुलाई थप जिम्मेवार हुन प्रेरित गर्ने बताए । प्रतिभा छनौट समितिका संयोजक युनियन कास्कीका सल्लाहकार रविन्द्र बाँस्तोलाले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श अनुरुप न्यूनतम् १५ वर्ष पत्रकारिता गरेको र युनियनको सुदृढिकरणमा योगदान दिएको पत्रकारलाई पुरस्कार दिने व्यवस्था बमोजिम पराजुली योग्य व्यक्ति भएको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार तथा नेपाली कांग्रेसका केन्द्रीय प्रचार विभागका सदस्य राजबहादुर गुरुङले पुरस्कृत व्यक्तित्व पराजुलीको परिचय दिएका थिए । पराजुलीले पोखरामा रहेर झण्डै साढे दुई दशक पत्रकारिता क्षेत्रमा बिताएका छन् । हाल राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य पराजुली पोखराबाट प्रकाशन हुने गोल्डेन न्यूज दैनिकका अध्यक्ष एवं प्रधान सम्पादक तथा सुनौलो एफएमका कार्यकारी निर्देशक समेत हुन् ।
गोरखापत्र दैनिकमा २०४९ सालमा संलग्न भएपछि पत्रकारितालाई नै आफ्नो पेशा बनाएका पराजुलीसंग कान्तिपुर दैनिक, नेपाल टेलिभिजन लगायतका राष्ट्रिय संचारमाध्यमका साथै पोखरा स्थित विभिन्न छापा तथा विद्युतीय संचारमाध्यममा काम गरेको अनुभव छ । नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापतिका साथै नेपाल प्रेस युनियनको केन्द्रीय समितिको प्रथम उपाध्यक्षसहित विभिन्न पदमा रहेर लामो समय पत्रकारितामा क्रियाशील पराजुलीले युनियनको कास्की शाखाको स्थापनाकालदेखि तीन कार्यकालसम्म अध्यक्ष रहेर काम गरेका थिए । कोषमा हालसम्म करिब १५ लाख रुपैयाँ संकलन भैसकेको छ । कोषबाट प्राप्त व्याजबाट हरेक दुई वर्षमा पत्रकारलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको छ ।
प्रेस काउन्सिल सदस्य माधव शर्माले भारतीय नाकाबन्दीले मुलुक अस्तव्यस्त भईरहेको बारे वरिष्ठ नेता देउवालाई महसुस भएकै होला भन्दै भारतीय सरकार पक्ष र विपक्षका सबैसँग राम्रो सम्बन्ध रहेकाले यसबारे देउवालाई बुझाउन मञ्चबाटै आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले अघोषित नाकाबन्दीले उद्योग, व्यवसाय चौपट भएकाले काँग्रेस जिम्मेवार भएर मुलुकलाई निकास दिन अनुरोध गरे ।
Comments are closed.