ओली समूहको गतिविधि निभ्न लागेको बत्ती हो–प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले ओली समूहको गतिविधि निभ्न लागेको बत्ती मात्रै भएको बताउनुभएको छ। ।नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठकमा सो कुरा बताउनुभएको हो । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ । बैठकले संसदीय दलको नेता तथा उपनेता हटाउनुका साथै पार्टी हितविपरीत गतिविधि गर्नेहरुलाई निलम्बनको घोषणा पनि गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बल, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई आफूहरुले गुम्न नदिने बताएका छन् । उनले आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने बताए । उनले भने, ‘सर्वोच्चको निर्णय हो हाम्रो पक्षमा आयो । निर्वाचन आयोगमा रहेको विवाद पनि जित्ने चरणमा छौं ।’ उनले अगाडि थपे, ‘एउटा ब्याटल जित्यौं, अर्को ब्याटल पनि जित्ने चरणमा रहेको बताए ।

Comments are closed.