ओली समूहको स्थायी कमिटी बैठक स्थगित

फागुन१३ , काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो ।तर गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिएका छन् । ‘आज बैठक नबस्ने भयो, एक–दुई दिनपछि बस्छ,’ थापाले भनेका छन् ।बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो । बुधबारको बैठकपछि नेताहरुले बिहीबार पनि बैठक बस्ने जानकारी दिएका थिए ।

Comments are closed.