अनुगमनकर्ता नै मेडिकल सञ्चालकसँग रक्सीमा मस्त

DORMIR-copiaपाेखरा २९ चैत/ काठमाडौंदेखि औषधी विभागका दुई अधिकृत शुक्रबार दमौली आए । योजना थियो दमौलीमा रहेका औषधी पसलको अनुगमन गर्ने । अधिकृत पदम पौडेल र भूपेन्द्र पौडेलसहितको टोलीले अनुगमन पनि ग¥यो । दमौलीमा रहेका धेरै औषधी पसलका संचालकलाई लागेको थियो अब फन्दामा परिनेभयो । टोलीले दमौलीका ९ वटा औषधी पसमा अनुगमन पनि ग¥यो । तर, साँझमा भने तिनै अधिकृतहरु औषधी पसलमा संचालकसँग रक्सीमा मस्त भएको खुलासा भयो । नाम नबताउने सर्तमा एक मेडिकल संचालकले भने–‘शनिबार पनि औषधी पसलहरुको अनुगमन गर्ने कार्यक्रम थियो तर शुक्रबार नै मेडिकल संचालकहरुसँग बसेर रक्सीमा मात्तिएपछि अनुगमन भएन ।’
अनुगमन टोलीले शुक्रबार दमौलीका ९ वटा मेडिकल पसलहरुको अनुगमन गरेको थियो । त्यसक्रममा ८ वटा मेडिकल पसलहरुले बिना प्रक्रिया मेडिकल सञ्चालन गरेको पाइएपनि अनुगमन टोलीले एउटा पसल मात्रै बन्द गर्दै अन्यलाई सामान्य पत्र काट्दै छोडेको थियो ।
अनुगमनका लागि आएका सरकारी कर्मचारीलाई आफ्नो पक्षमा पार्न दमौलीका केही मेडिकल सञ्चालकहरुले उनीहरुलाई मदिरा सेवन गराएको सूचना प्राप्त भएपछि प्रहरीले राति नै होटलमा अनुगमन गरेको थियो दमौलीमा साडे दुई दर्जन औषधी पसल रहेपनि ९ मेडिकल मात्र बैध रुपमा संचालन भैरहेको बताइएको छ । मिर्लुङ मेडिकल, विश्वास मेडिकल, कञ्चन फार्मेसी, श्रेया फार्मेसी, दाहाल मेडिकल, प्रसुन मेडिकल लगायतले अर्कैको नामको लाइसेन्सबाट मेडिकल सञ्चालन गर्दै स्रोतले बतायो ।

Comments are closed.