कञ्चनपुरमा बाख्रा करणी गर्ने एक युवक पक्राउ

कञ्चनपुरमा बाख्रा करणी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको जिल्लाको शुक्लाफाँटा नगरपालिका-१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना पक्राउ परेका हुन् । बाख्रा धनीको निवेदनको आधारमा खुनालाई आइतवार पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । करणीपछि बाख्रा मरेको प्रहरीले बताएको छ । पशु करणी गरेको ठहर भएमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।
यस्तै,दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । विमानमा जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घन्टा लाग्छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ । अत्यधिक हावा र अक्सिजनको अभावमा पांग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुनेगर्छ ।जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ । तसर्थ, पांग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ । पक्राउपछि उनलाई अस्पताल लगिएको थियो ।

Comments are closed.