कठै ! पोखरा उद्योग वाणिज्य संघ

पोखरा, साउन २१ गते
पोखरा उद्योग वाणिज्य संघ । पोखराको जेठो संस्था । अग्रणी संस्था । यहाँको हरेक सार्वजनिक सरोकारका बिषयमा चासो पनि राख्छ यसले । तर यही संस्थाको शाख अहिले पोखराका चोक चोकमा पोखिएको छ ।
चार पटक बिधान सँसोधनका लागि आयोजना गरिएको बिशेष साधरण सभा असफल भएपछि, अहिले शहर निमन्त्रणका ब्यानर टाँसिएका छन् । एफ एफ रेडियो र पत्रिकामा सूचना प्रकाशित भएका छन् ।

एक जना कार्यसमितिका सदस्यहरुलाइ अनिबार्य रुपमा एक सय २० जना साधरण सदस्यहरु उपस्थित गराउन उर्दी जारी गरिएको छ । साधरण सदस्यहरुलाइ खानाको ब्यबस्था उल्लेख भएको निमन्त्रण पठाइएको छ । नेतृत्व चयन गर्ने अधिबेशनमा संसदीय चुनाबको भन्दा बढी तामझाम गर्ने साधरण सदस्यहरुले साधरण सभामा चासो नदिदाँ जेठो संस्थाको हविगत भएको हो ।
‘सँसोधन नहुँदा अहिले पनि बिधानमा श्री ५ को सरकार छ । पोउवासंघले संचालन गर्नै नपाउने कार्यक्रमहरु संचालन भएका छन् ।’ अध्यक्ष बिन्दुकुमार थापाले पोखरा हटलाइनसँग भने–‘ यसपाली जसरी पनि बिधान सँसोधन गर्ने प्रयासमा छौ ।’ पूर्व अध्यक्ष संजिव बहादुर कोइरालाले बिधान संसोधन गर्न आवश्यक रहेकाले अहिलेको अहिलको प्रचार प्रसारको स्वरुप ठिकै भएको वताए ।

????????????????????????????????????
????????????????????????????????????

पोखराको पृथ्बीचोकमा राखिएको साधरणसभाको प्रचार प्रसारको ब्यानर । यस्ता ब्यानरहरु शहरका अनय चोकहरुमा पनि राखिएको छ । तस्बीरः सुर्दशन रञ्जिकार ।

वर्तमान अध्यक्षसँगै चुनाबमा पराजित कोइरालाले समेत समर्थन गरेका कारण साधरणसभा सफल हुने देखिन्छ । तर सफल भएमा थापाले त्यसबाट, एकल ‘क्रेडिट’ लिन सक्ने भन्दै साधरणसभालाइ असफल पार्न बिगतमा ‘बिन्दु थापा हराउ’ अभियानमा सक्रिय भएकाहरु लाग्ने संभावना पनि उत्तिकै छ । हालै काँग्रेसको मुखपत्रलाइ बिज्ञापन दिएकै आधारमा पार्टीमा योगदान गरेको भन्दै सम्मानित भएको आरोप स्वंय काँग्रेस निकटका ब्यापारीहरुले लगाएका छन् । साथै उनले आफुले टेण्डर हाल्दा, सटर नपाएपछि नगरपालिका बिरुद्ध पोउवासंघको ब्यानर बेचेर चर्का कुरा गरेको अपसजस पनि उनै माथी छ ।
अध्यक्ष बाहेकका पदाधिकारी प्रत्यक्ष चुनाबबाट, आउने प्रस्ताब समेत साधरणसभामा लगिने तयारी भएको छ । पदाधिकारी अध्यक्षले मनोनित गर्ने परम्परा हुँदा, अध्यक्षको चाकडी गर्नुपर्ने र आफ्नो गुटको अध्यक्ष चुनाबमा हारे अघिल्लो पटक पदाधिकारी भएको ब्यक्ति सदस्यमै बस्नुपर्ने अवस्था रहेको छ ।
जस्तो गएको चुनाबमा संजिबहादुर कोइराला अध्यक्षमा पराजित भएपछि, उनकै प्यानलबाट उठेका पूर्व महासचिब नारायण कोइराला र द्धितिय उपाध्यक्ष इश्वर कर्मचार्य अहिले सदस्य भएर बसेका छन् । यस्तै नियति अहिलेका प्रथम उपाध्यक्ष देब क्षेत्रीले अघिल्लो कार्यकालमा भोग्नुपरेको थियो ।
अहिलेनै गणपुरक संख्या कायम गराउन हम्मे हम्मे परीरहेका बेला अध्यक्ष बिन्दुकुमार थापाले अब संघलाइ सबैको हुने गरी बनाउन ब्यापक सदस्य बिस्तार गर्ने योजना रहेको सुनाए ।
‘मेरो कार्यकाल अझै १३÷१४ महिना बाँकी छ । आठ देखी १० हजार सदस्य बनाउने लक्ष्य रहेको छ ।’ उनले भने । साधरणसभा गर्ने ठाउँनै नहोला नी फेरी ? पोखरा हटलाइनको प्रश्नमा थापाको जबाफ छ–‘पोखरामा अन्तराष्ट्रिय सम्मेलन गर्ने कुरा छ । त्यही गरौला नी ।’

Comments are closed.