दोहा (कतार), चैत्र २९ – वैदेशिक रोजगारीका लागि कतार आएका मकवानपुरकी रिना थापा मगर र पोखराका श्यामी थापाले आत्महत्या गरेका छन् । कतारको एक होटलमा मृत फेला परेका उनीहरूको शव स्थानीय हमाद अस्पतालमा राखिएको छ । रिनाका पति सञ्जय थापा मगरले उनले आत्महत्या गनुअघि आफूसँग माफी मागेको बताए । ‘यो खबर सुनेर मर्माहत भएको छु’, सञ्जयले भने, ‘दुवै जनालाई धेरै पटक सम्झाउने प्रयास गरें तर सकिनँ ।’
रिना सफाइ कामदार र थापा सुरक्षा गार्ड थिए । ‘दुवै जनाले मर्नुअघि रुँदै मलाई फोन गरे । हामीबाट गल्ती भयो भने । पछि सरी भन्दै मेसेज पठाए,’ उनले भने, ‘मैले तिमीहरू बिहे गरेर बसे हुन्छ । म बाधा गर्दिनँ भनेको थिएँ तर मानेनन् ।’ कतारस्थित नेपाली दूतावासका श्रम सहचारी लीलानाथ दाहालले घटनाको विषयमा पूर्ण विवरण लिन समय लाग्ने बताए ।
कान्तिपुर अनलाइनबाट साभार
Comments are closed.