कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई दियो ४ टन स्वास्थ्य सामग्री

काठमाण्डौं,

कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई कोभिड विरामिको उपचारमा सहयोग पुर्याउंन ४ टन अक्सिजन कन्सन्ट्रेटर र एक सय ६४ किलो रेम्डिसिभिर प्रदान गरेको छ । कतार सरकारका तर्फबाट कतार राजदुतावासका प्रथम सेक्रेटरी श्री खालिद अब्दुल्लाह अल-इब्राहिमले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप अधिकारी श्री ओंम प्रसाद उपाध्याय र फार्मेसी अफिसर मिस समिक्षा थापालाई हस्तान्तरण गर्नुभयो । कतार सरकार तथा कतार फण्ड फर डेभलपमेन्टले यो सहयोगले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा कोभिड-१९ जस्तो महामारीसंग लड्न सहयोग पुर्याउने विश्वास लिएको छ ।

Comments are closed.