पाेखरा १३ साउन । नायिका गरिमा पन्त चलचित्र क्षेत्रबाट करिब–करिब पलायन भइसकेकी थिइन् । सोझी हिरोइनको छवि बनाएकी उनलाई चलचित्रको खडेरी लाग्न थालेको धेरै समय बितिसकेको थियो ।
तर, यादव भट्टराई निर्देशित झोला उनको साख जोगाइदियो । सती प्रथामाथि बनेको यो चलचित्रबाट उनले राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि जितिन् । झोलाले व्यावसायिक रूपमा पनि झोला भर्यो । त्यसपछि गरिमालाई फेरि फिल्मको ओइरो लाग्न थाल्यो । विडम्बना, ‘झोला’ पछिका उनका चलचित्रले निर्माताको गोजी भरेन ।
‘ठूली’ र ‘रंग वैजनी’ त्यसका उदाहरण हुन् । यसरी फेरि चलचित्र भटाभट फ्लप भएपछि गरिमा गुमनाम बनेकी छन् । ‘स्काउट’को सुटिङ सकिएसँगै उनलाई नयाँ चलचित्र र चलचित्र गतिविधिमा देख्न पाइएको छैन ।
Comments are closed.