‘कदम डालीमा’ हिँडेका सिग्देल आइपुगे ‘जन्मेको ठाउँ’मा

Untitled-1अमृत सुवेदी/  पाेखरा १७ चैत्र/ गाउँका मेलापात, घाँस दाउरा र अर्मपर्ममा घन्कने लोक संगित । गाउँका रोदी, कुनै सांस्कृतिक कार्यक्रम वा कुनै गतिविधिमा गाइने झ्याउरे, सालै जो । रेडियोमा बज्ने झलकमानका ‘आमाले सोध्लीन नि खै छोरा भन्लिन’, हरिदेवीका ‘पाइन खाबर’, पुरुषोत्तमका ‘देबी देउराली’ प्रजापतिका ‘हेर न बँयरघारीमा’ लगायतका लोक तथा अन्य दोहोरी गीतले मनमा पारेको छाप । नेपाली लोक तथा दोहोरी गीतमा बढेको आकर्षण र सानैदेखिको रहर । यस्तै कुराले तानेर ९ बर्ष अगाडी ‘कदम डालिमा’ लोकदोहोरी एल्बम निकालेर यो क्षेत्रमा हाम फाले पुरुषोत्तम सिग्देल लोक दोहोरीको क्षेत्रमा हाम फाले ।

फेरी खस्कँदै गएको नेपाली लोक संगितको बजार । अस्वस्थ प्रतिस्पर्धा । नाम कमाउनकै लागि पनि गर्नुपर्ने मिडियाबाजी । यि सवका बाबजुत पनि उनले दोस्रो एल्बम निकाले ‘अधुरो माया’ । तनहुँको किहुँमा जन्मेका गायक सिग्देलले यहाँसम्म धोरथोर पैसा पनि कमाए र नाम पनि कमाए । मेला, महोत्सव र कार्यक्रमहरुमा पनि गित गाए । केही बर्ष काठमाडौंको दोहोरी साँझमा पनि काम गरे । तर, गीत गाएरै खान पुग्ने भएपनि उच्च शिक्षाका लागि जापान हानिए । जापान पुगेपछि उनले अझ थाहा पाए देश र माटोप्रतिको माया । नेपाली लोक संस्कृति र गीत संगीतका महत्व । ‘नानीदेखि लागेको बानी’ भनेजस्तै उनी जापानमा पनि गीतसंगितमा लागीपरेका छन् । नेपाली संस्कृति र पहिचान चिनाउनका लागि सिग्देल संघर्षरत छन् ।521891_352851464757555_1841579729_n

नेपाली गीतसंगित र संस्कृतिलाई जापनमा पनि चिनाउनका लागि प्रयास गरीरहेका सिग्देल केही समय अगाडी नेपाल आएर फेरी अर्को एल्बम निकालेर गएका छन् । उनले तेस्रा एल्बमको रुपमा ‘जन्मिएको ठाउँ’ लोक दोहोरी एल्बम सार्वजनिक गरेका हुन् । एल्बममा उनीसँगै लोकगायिक देबी घर्तिको स्वर रहेको छ । एल्बममा ‘जन्मिएको ठाउँ’ र ‘पोखराको बजारमा’ दुइ गित छन् । पोखराको बजारमा बोलको गीतको म्यूजिक भिडियो पनि हालै सार्वजनिक गरिएको छ । फुकुओका नेपाल सोसाइटीका सचिव समेत रहेका सिग्देल अहिले सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भएर लागिरहेका छन् । उनी त्यहाँ नेपालीहरुलाई पर्ने समस्यामा पनि सहयोगी बन्छन् । 11072673_892084944167535_1153807082_n

जापानको फुकुओकामा बस्दै आएका सिग्देल अहिले त्यहाँका लोकप्रिय कलाकार बनेका छन् । अहिले उनलाई बचपनदेखिको रहर त पुरा गरें भन्ने लागेको छ तर अझैपनि साधना गर्नुपर्ने उनी बताउँछन् ।

‘जब रेडियोमा गीत बज्थ्यो रेडियोसँगै भाकामा भाका मिलाउँथे । रेडियोसँगै गाउँथे । गाउँमा कतै सांगेतिक कार्यक्रम भए कहिल्यै छुटाउँथिन । उस्तै परे कार्यक्रममा गित पनि गाइहाल्थें । स्कुलमा हुने प्राय कार्यक्रम छुटाउँथिन । कति कार्यक्रम आफैले आयोजना गरीयो । गाउँमा अरु गित भन्दा लोक गित नै बढी चल्थे । म पनि लोकगीत भनेसी हुरुक्कै । सानैदेखि लाग्थ्यो म पनि ठूलो भएपछि गायक बन्छु’ नेपाली लोक संगितमा लाग्दै गरेकासिग्देलले बचपन सम्झँदै भने,‘म सानैदेखि लोकगीत गाउँथे कसैले गाइने भन्थे, कसैले यो ठूलो गायक बन्छ भन्थे ।’
तनहुँको किहुँमा जन्मे हुर्केर अहिले अध्ययनका लागि जापान पुगेका गायक सिग्देल यतिबेला नेपाली गीतसंगित र नेपाली संस्कृति चिनाउनका लागि जापानमा संघर्षरत छन् । सिग्देलले जापानमा बसेर आफुसँगै नेपाली गीत संगित र नेपाली माटोलाई पनि चिनाउने जमर्कोका साथ हिँडिरहेका छन् ।

पाेखराकाे बजारमा https://youtu.be/3mZN8QlLG10

Comments are closed.